काठमाडौँ, २३ साउन । संविधानका विवादित विषयमा सहमति जुटाउने अन्तिम प्रयासमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु लागि परेका छन् ।
‘नेपालको संविधान, २०७२ मस्यौदा’मा देखिएका मतभेदलाई सहमतिमा रुपान्तरण गर्ने सिलसिलामा सङ्घीय राज्यको सीमाको विषय नै अहिले प्रमुख पेचिलो बन्न पुगेको छ । पछिल्लो एकसाता दलहरु प्रदेशको सीमा मिलाउने विषयमा नै केन्द्रित रहेर छलफल गरिरहेका छन् तर निकास भने निस्कन सकेको छैन ।
दलहरुबीच मोटामोटी रुपमा ६ प्रदेश कायम गर्न सहमति भएको विषय सार्वजनिक भएपनि कुन जिल्ला कुन प्रदेशमा राखिएको भन्ने कुरा औपचारिक रुपमा जानकारी दिइएको छैन । मेची, कोसी र सगरमाथाका केही पहाडी जिल्ला समेटिएको एक, सप्तरीदेखि पर्सासम्मको तराई समेटेर अर्को, बागमतीका सबै जिल्ला र जनकपुरका पहाडी तथा नारायणी अञ्चलका मकवानपुर र चितवन समेटेर बेग्लै प्रदेश बनाउने अन्तिम कसरतमा दलहरु रहेको बताइएको छ ।
त्यस्तै, नवलपरासीको दाउन्ने पूर्वको भाग र गण्डकी तथा धौलागिरि अञ्चलका सबै जिल्ला मिलाएर एउटा तथा राप्ती र लुम्बिनीका सबै र नवलपरासीको पश्चिम भाग तथा बाँके, बर्दिया मिलाएर अर्को प्रदेश रहने गरी छलफललाई अन्तिम रुप दिने तयारीमा दलहरु छन् ।
कर्णाली, सेती र महाकाली अञ्चलका सबै जिल्ला र भेरी अञ्चलको सुर्खेत, जाजरकोट र दैलेख मिलाएर अर्को प्रदेश बनाइने शीर्ष नेताहरुबीच छलफल भइरहेको अनौपचारिक रुपमा नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनले भने, “तर उक्त प्रस्तावले अन्तिम रुप भने पाइसकेको छैन । यसैमा केन्द्रित रहेर छलफल चलिहरहेको छ ।”
दलहरुले सकेसम्म आज अबेरसम्म उक्त विषयमा सहमति जुटाएर संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा प्रतिवेदन पेस गर्ने र संविधानसभाको बैठक अबेरसम्म भएपनि बोलाउने बताएका छन् । तर प्रमुख दलका शीर्ष नेता सम्मिलित विशेष समितिको बैठकमा नै सबै विषयमा मतैक्य हुन नसक्दा संवाद समितिको बैठक पनि पटकपटक सर्दै आएको छ । यसको असर संविधानसभामा परेको छ ।
संविधानसभाको बैठक पनि सरि नै रहेको छ । आज दिउँसो एक बजेका लागि तय गरिएको बैठक स्थगित हुँदै अपरान्ह चार, छ, हुँदै साँझ आठ बजेसम्म पुगेको छ । सभासद्हरु संवाद समितिको बैठकमा सहभागी हुन आएका सभासद्हरु बैठक कहिले बस्ला भन्दै कुरिरहनु भएको छ । घण्टैपिच्छे आउने बैठक सरेको सूचनाका कारण सभासद् मात्रै होइन सञ्चारकर्मीलाई समेत अन्यौलता सिर्जना गरिदिएको छ ।
लामो समयदेखि नेपाली जनताले प्रतिक्षा गरेको संविधान बनाउने विषय अरु जस्तो सामान्य र हल्काफुल्का विषय नभएकाले अन्तिम रुप प्रदान गर्न समय लागेको नेताहरुले प्रतिक्रिया दिएका छन् ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी