
लन्डन । ‘एक जना पत्रकार आएर बी पी कोइरालासंग साहित्यिक लेख मागे । बीपीले उत्तिनखेरै टेबलमा बसेर सरर… लेख्नुभयो र शिर्षक राख्ने काम मलाई दिनुभयो । त्यस्तै बीपीको हिटलर र यहुदी उपन्यासको पाण्डुलिपी पढेर पनि मैले केहि भन्ने मौका पाएको थिएं । यस्तो प्रतिभाका धनी बीपीले किन मलाई यो काम दिए होलान् भनेर धेरै नै चिन्तन दिमागमा रुमल्लियो’, साहित्यकार तथा नेपाली कांग्रेसका नेता बलदेव मजगैयांले लन्डनको एक कार्यक्रममा आफ्ना अतित सुनाइरहेका थिए ।
‘बीपीको व्यक्तित्वले साहित्यमा लाग्न प्रेरणा आयो मलाई, हुन त मेरो पहिलो कविता सात कक्षा पढ्दा नै लेखेको थिएं’, अन्तर्राष्ट्रिय वाङ्मय प्रतिष्ठान बेलायतले आयोजना गरेको भेटघाटमा साहित्यकार तथा नेता मजगैयांले नेपालको वर्तमान साहित्यिक तथा राजनीतिक क्षेत्रका विभिन्न पाटो उजागर गर्दै भने ।
बीबीसी नेपाली सेवाका भगिरथ योगीले नेपाली साहित्यबारे चर्चा गर्दै विशेष गरि कवितामा आफूले कलम चलाउन प्रयत्न गरेको बताएका थिए ।
अन्तर्राष्ट्रिय वाङ्मय प्रतिष्ठान बेलायतका अध्यक्ष विकलचन्द्र आचार्यले बेलायतको साहित्यिक गतिविधिबारे बोल्दै नेपालका साहित्यकारहरुसंगको सम्पर्क अरु घनिभूत हुनुपर्नेमा जोड दिए ।
महासचिव जया राईले आफ्नो साहित्यिक पृष्ठभूमिमा बोल्दै नेपालबाट आउने अग्रज साहित्यकारहरुको कुराले अरु हौसला बढ्ने बताइन् ।
उक्त अवसरमा दीर्घ शिक्षासेवी कृष्ण ढकाल, अशोक ढकाल लगायत उपस्थितको जिज्ञासालाई साहित्यकार तथा नेता मजगैयाँले जवाफ दिएका थिए ।
पारिवारिक भ्रमणमा हाल बेलायत आएका शान्त र सरल स्वभावका नेता मजगैयांले कुहिरो (उपन्यास), बी.पी. विचार बिन्दु, सङ्कल्प, चारु, नारमणि (लघु उपन्यास) जस्ता कयौं कृति लेखेका छन् । उनको जन्मस्थल दाङ हो ।
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान