काठमाडौँ, १६ साउन । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आइतबार अपराह्न चार बजेसम्म संविधान निर्माणमा देखिएका विवादित विषयलाई टुङ्गो लगाएर एकीकृत मस्यौदा तयार पार्ने भएको छ ।
समितिको आजको बैठकले विवादित विषयमा प्रमुख चार दलका शीर्षनेता सम्मिलित विशेष समितिको बैठक जारी रहेको र सहमतिको प्रयास जारी रहेका कारण भोलिसम्म एकीकृत प्रतिवेदन बनाउने निर्णय गरेको हो ।
सुझाव सङ्कलन तथा संविधान सुझाव समितिले यही साउन ४ र ५ गते देशव्यापी रूपमा गरेको जनमत सङ्कलनका क्रममा आएका सुझावलाई केन्द्रित गरेर सहमति जुटाउने अभियानमा प्रमुख चार दलका शीर्ष नेता सम्मिलित विशेष समितिले काम गरिरहेको छ ।
जनमत सङ्कलनको क्रममा जनताले दिएका ८०० भन्दा बढी सुझावलाई २०० मा झारेर त्यसलाई सुत्रबद्ध गरिएको छ भने ११ वटा विभिन्न बुँदामा विवादित विषयलाई केन्द्रित गरेको छ ।
प्रमुख विवादित विषयमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने कि नहुने, धर्म निरपेक्षता रहने कि धार्मिक स्वतन्त्रता उल्लेख गर्ने, प्रदेशको बनोट हिमाल, पहाड, तराई मिलाएर गर्ने कि प्रमुख दलहरूका बीचमा गत जेठ २५ गते भएको १६ बुँदे सहमतिअनुसार गर्ने भन्नेमा विवाद छ ।
यस्तै, सीमाङ्कन र नामाङ्कन गर्ने कि नगर्ने, निर्वाचित हुने नेतृत्वको शैक्षिक योग्यता तोक्ने कि नतोक्ने, राज्यका हरेक तहमा महिलाको सहभागिता ५० प्रतिशत कायम गर्ने कि विद्यमान व्यवस्थाअनुसार ३३ प्रतिशत मात्रै राख्नेलगायत विवाद छन् ।
जनमत सङ्कलनको क्रममा जनताले प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रमुखको व्यवस्था हुनुपर्ने, धार्मिक स्वतन्त्रता कायम गर्नुपर्ने सुझाव दिएका थिए । जनताको सुझावलाई कुनै न कुनै रूपमा सम्बोधन गर्नैपर्ने बाध्यता दलहरूका बीचमा छ ।
संवाद समितिका सभापति डा बाबुराम भट्टराईले जनमत सङ्कलनको क्रममा दिएका सुझावका आधारमा सहमति खोज्ने प्रयास जारी रहेको जानकारी दिँदै आइतबार ४ बजे बस्ने बैठकमा एकीकृत प्रतिवेदन बनाउने तयारी गरिएको बताए ।
उहाँले प्रमुख चार दलका शीर्ष नेता सम्मिलित विशेष समितिले जनताले दिएको सुझावलाई मध्यनजर गरी केही विवादित विषयमा सहमति जुटाएको र केही विषय अझै बाँकी रहेकाले सो अवधिसम्म सहमति जुट्ने विश्वाससमेत व्यक्त गरे ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा