परासी, ९ साउन । १० वर्षीय बालकलाई बलि दिने पाँचजना अभियुक्तलाई नवलपरासी प्रहरीले सार्वजनिक गरेको छ ।
नवलपरासीको कुडिया–४ का परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई बलि दिने हरिजनसहित सोही स्थान बस्ने ५५ वर्षीया गङ्गा हरिजन, ५० वर्षीय रुदल हरिजन र ३२ वर्षीय सूर्यमान हरिजन र १८ वर्षीय विजय हरिजनलाई समेत पक्राउ गरी सार्वजनिक गरेको छ ।
गत साउन ५ गते बालकलाई गाउँको मन्दिरनजिक लगेर बलि दिएको उनीहरुले प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
प्रहरीले बालकलाई आफ्नो १८ वर्षीय छोरा विजय हरिजन बेलाबेलामा बिरामी हुने गरेको र बालकको बलि दिएमा निको हुने धामीको विश्वासमा छिमेकी परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई कोदई हरिजनसहितले मिलेर बलि दिएको प्रहरीसमक्ष स्वीकारेका छन् ।
कोदईले आफ्नो छोरालाई निको पार्न कुडिया गाविस रेता नजिकैको मन्दिर छेउमा बालक जीवन कोहारलाई बलि दिएको प्रहरीसमक्ष बताएका छन् । कोदईसहितका सहयोगीले मिलेर साउन ५ गते बालकको बलि दिए पनि शुक्रबार मात्र बालकको शब गाउँनजिकै फेला परेपछि प्रहरीले अनुसन्धान गरी सो रहस्य पत्ता लगाएको हो ।
बालक जीवन हरिजनलाई बिस्कुट दिएर पछि अरू पैसा दिने लोभ देखाई गाउँको सिमाना मन्दिरनजिक लगेर तीनजनाले समातेको र कोदईले घरेलु हतियारको प्रयोग गरी बालकको घाँटी रेटेर हत्या गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।
लामा धामी गङ्गा हरिजनले बालकको बलि दिएमा तिम्रो छोरा निको हने बारम्बार बताएपछि कोदई हरिजनले छिमेकी परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई बलि चढाएको खुल्न आएको छ ।
कोदईले हत्या गर्न सघाउनेलाई रु ५० हजार दिने भनी वचन दिएको हत्यामा संलग्नले बताएका छन् । बालकलाई बलि दिने सबै अभियुक्तलाई पक्राउ गरिएकाले कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
अमेरिकामाथि नेपालको जित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
इजरायल – लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमती : अमेरिकी विदेश विभाग
आर्थर डाँडाखर्कबाट चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा