परासी, ९ साउन । १० वर्षीय बालकलाई बलि दिने पाँचजना अभियुक्तलाई नवलपरासी प्रहरीले सार्वजनिक गरेको छ ।
नवलपरासीको कुडिया–४ का परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई बलि दिने हरिजनसहित सोही स्थान बस्ने ५५ वर्षीया गङ्गा हरिजन, ५० वर्षीय रुदल हरिजन र ३२ वर्षीय सूर्यमान हरिजन र १८ वर्षीय विजय हरिजनलाई समेत पक्राउ गरी सार्वजनिक गरेको छ ।
गत साउन ५ गते बालकलाई गाउँको मन्दिरनजिक लगेर बलि दिएको उनीहरुले प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
प्रहरीले बालकलाई आफ्नो १८ वर्षीय छोरा विजय हरिजन बेलाबेलामा बिरामी हुने गरेको र बालकको बलि दिएमा निको हुने धामीको विश्वासमा छिमेकी परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई कोदई हरिजनसहितले मिलेर बलि दिएको प्रहरीसमक्ष स्वीकारेका छन् ।
कोदईले आफ्नो छोरालाई निको पार्न कुडिया गाविस रेता नजिकैको मन्दिर छेउमा बालक जीवन कोहारलाई बलि दिएको प्रहरीसमक्ष बताएका छन् । कोदईसहितका सहयोगीले मिलेर साउन ५ गते बालकको बलि दिए पनि शुक्रबार मात्र बालकको शब गाउँनजिकै फेला परेपछि प्रहरीले अनुसन्धान गरी सो रहस्य पत्ता लगाएको हो ।
बालक जीवन हरिजनलाई बिस्कुट दिएर पछि अरू पैसा दिने लोभ देखाई गाउँको सिमाना मन्दिरनजिक लगेर तीनजनाले समातेको र कोदईले घरेलु हतियारको प्रयोग गरी बालकको घाँटी रेटेर हत्या गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।
लामा धामी गङ्गा हरिजनले बालकको बलि दिएमा तिम्रो छोरा निको हने बारम्बार बताएपछि कोदई हरिजनले छिमेकी परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई बलि चढाएको खुल्न आएको छ ।
कोदईले हत्या गर्न सघाउनेलाई रु ५० हजार दिने भनी वचन दिएको हत्यामा संलग्नले बताएका छन् । बालकलाई बलि दिने सबै अभियुक्तलाई पक्राउ गरिएकाले कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त