
झापाको विर्तामोडस्थित अग्रसेन भवन परिसरमा संविधानको मस्यौदामा जनताको राय सुझाव सङ्कलन गर्ने कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गरेपछि प्रर्दशनकारीलाई रोक्दै सुरक्षा कर्मी । तस्बिरः सुरेन्द्र भण्डारी, रासस
काठमाडौँ, ४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले संविधानको मस्यौदामा जनताको राय सङ्कलन गर्ने कार्यक्रमलाई ‘नौटङ्की’ भन्दै विरोध प्रदर्शन गरेको छ ।
राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङ, सहप्रवक्ता मोहन श्रेष्ठ, नेता भरत जङ्गम, सभासद् सीता लुइँटेललगायतले आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा भइरहेको जनमत सङ्कलन कार्यको विरोध गरेका हुन् ।
सो स्थानमा उपप्रधान एवम् सङ्घीय मामला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहसहित काठमाडौँ क्षेत्र नं १ का जनप्रतिनिधिहरु जनताको राय सङ्कलनमा व्यस्त थिए ।
‘हिन्दू राष्ट्र कायम गर, धर्म निरपेक्षता खारेज गर, अखण्ड नेपाल जिन्दावाद, सनातन राष्ट्र नेपाल जिन्दावाद, विदेशी हस्तक्षेप बन्द गर, गोप्य कोठाको षड्यन्त्र बन्द गर’ जस्ता नारा लगाउँदै राय सङ्कलन स्थलमा पुगेका प्रदर्शनकारीले झडपको स्थिति निम्त्याएका थिए । तर प्रहरीले सामान्य बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।
सहप्रवक्ता श्रेष्ठले सुझाव सङ्कलन कार्यको विरोध गरे पनि बिथोल्ने आफूहरुको नीति नभएको बताउँदै भने, “हिन्दू राष्ट्र, सङ्घीयता र गणतन्त्रजस्ता महत्वपूर्ण विषयमा जनमत सङ्ग्रह हुनुपर्छ भन्ने हाम्रो माग हो ।”
राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष डा माधव भट्टराई तथा आध्यात्मिक व्यक्तित्व निर्मल निसारले करिब ८१ प्रतिशत हिन्दू तथा ९४ प्रतिशत ओमकार परिवार भएको मुलुकमा विदेशीको प्रभावमा परेर धर्म निरपेक्षता गरिएकामा आपत्ति जनाए ।
राय सङ्कलनको विरोधमा राप्रपा नेपालले सोमबार देशैभरि प्रदर्शन गरिरहेको छ ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी