धादिङ । काखमा दुई महिनाको नानी, घर छाडेर हिँड्नु पर्दाको पीडा तर आफू बाँच्ने मात्र होइन काखको बच्चा बचाउनुपर्ने बाध्यताले गर्दा सदरमुकाम आइपुगेकी उत्तरी झर्लाङ गाविस वडा नं ८ की २७ वर्षीया कान्छी तामाङको जीवन कठिन बन्दै गएको छ ।
सदरमुकामबाट दुई दिन टाढा रहेको झर्लाङको घर भूकम्पले भत्काएपछि उनी समस्यामा परेकी हुन् । गाउँले सबैले घर छाडेर सदरमुकाम आसपासमा शिविर बनाएर बस्न आए । गाउँमाथि र तलबाट पहिरो जाने डरले गाउँले सबैले घर छाडेका हुन् । आफ्नो घरमा भएको भए घरमा केही अन्नपात थियो । लगाउने लुगा र ओड्ने ओछ्याउने सामान थियो तर जब गाउँलेले घर छाडेर सदरमुकाम आए, उनी पनि सदरमुकाम छेउका शिविरमा बस्नका लागि आइन् ।
गाउँलेले छाडेर आएपछि उनी चार दिन लगाएर शिविरमा आइपुग्दा उनका लागि खानेकुरा थिएन । आफूले लगाएको भन्दा बढी केही थिएन । एउटा त्रिपालमुनि बस्न नपाएपछि उनी एक जना आफन्तको बास माग्न पुगिन् । एक दुई दिन बसेपछि आफन्तले सँधै बस्न नदिएपछि उनले बस्ने ठाउँ पाइनन् तर शिविरमा बस्न पाउने आशाले उनी फेरि क्याम्पमा फर्किन् । खाने समस्याले गर्दा ज्याला गरेर खानका लागि सदरमुकाममा बालुवा बोक्न पुगेकी सुत्केरी तामाङ बालुवाको भारी बोक्दा धेरै रगत बगेर काम गर्न नसक्ने भइन्, काम लगाउने साहुले कामबाट निकालिदियो ।
उनलाई खानका लागि समस्या पर्यो । शिविरमा आउने सहयोगसमेत उनले उपयोग गर्न नसक्ने अवस्था भयो । “बिरामी भएर बसेको मानिसलाई कसले सहयोग गर्छ र ?” सहयात्री समाजले सञ्चालन गरेको स्नेह केन्द्रमा आई पुगेर उनले रुँदै आफ्नो कुरा सुनाइन् । तामाङमात्र होइन सदरमुकामको वरिपरि रहेका आठ शिविरमा ५० को हाराहारीमा यस्ता सुत्केरी कष्टपूर्ण तरिकाले बसिरहेका छन् । रेडक्रस, शान्ति नेपाललगायत केही संस्थाले खानेपानी तथा सरसफाइ कार्यक्रम सञ्चालन गरेपछि जोखिममा परेका यस्ता महिलाका लागि सरकारले ध्यान पुर्याउन नसकेको महिला अधिकारकर्मी गायत्री खतिवडाको भनाइ छ । रासस
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा