काठमाडौंँ, ३१ असार । सरकारले करिब १० हजार ७८ श्रमजीवी पत्रकारको दुर्घटना बिमा आगामी कात्तिक महिनादेखि गरिदिने भएको छ ।
नेपाल पत्रकार महासङ्ले उपलब्ध गराएको तथ्याङ्कलाई आधार मान्दा सो सङ्ख्या दुर्घटना बिमाका लागि योग्य मानिएको सूचना विभागले जनाएको छ । दुर्घटना बिमाको रकम रु पाँच लाख कायम गरिएको छ । बिमाका लागि सरकारले रु तीन लाख ७५ हजार र श्रमजीवी पत्रकारले रु एक लाख २५ हजार लगानी गर्नुपर्ने विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले आज आयोजित कार्यक्रममा जानकारी दिए ।
बिमाका लागि योग्य सदस्य हुन नेपाल पत्रकार महासङ्घको सदस्यता र सूचना विभागले जारी गरेको पत्रकार परिचयपत्र अनिवार्य लिएको श्रमजीवी र स्वतन्त्र पत्रकार हुनुपर्ने पत्रकार दुर्घटना बीमा (ब्यबस्थापन) निर्देशिका,२०७० मा उल्लेख छ । निर्देशिकाले स्वतन्त्र पत्रकारका लागि ५० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार र दुर्घटनाको कारण भएको खर्चको रु दुई लाखसम्मको उपचार खर्चसमेत व्यहोर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ ।
पत्रकार दुर्घटना बिमाको सरल र प्रभावकारी व्यवस्थापन गर्न बिमा कार्यविधि र बिमा नीति बनाइएको छ, जसको अनुगमनका लागि विभाग र महासङ्घका प्रतिनिधि रहेको उपसमिति गठन गरिएको छ । कानुनमा पत्रकारले परिचय र नियुक्तिपत्र लिएर मात्र समाचार सङ्कलन, सम्पादन तथा उत्पादन गर्न पाइने उल्लेख छ ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक