फानबोरो । ग्रेटर रसमोर नेपाली कम्युनिटी पदाधिकारीले स्थानीय प्रहरी प्रशासनसंग भेटघाट एवं परिचयात्मक कार्यक्रम गरेका छन् । रसमोर बरो काउन्सिलका कम्युनिटी डेभलप्मेण्ट अफिसर लुइस वेवर र रसमोरका चिफ इन्स्पेक्टर आनबेल बेरीको निमन्त्रणमा ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष ओम थापा, वरिष्ठ उपाध्यक्ष जीव बेल्बासे, उपाध्यक्ष रामधन राई, उपाध्यक्ष छविमाया पुन, महासचिव रन्जिता मल्ल, सचिव बीर बलाल र प्रवक्ता मान गुरुङले भेटघाट गरेका हुन् ।
भेटमा रसमोर बरो काउन्सिल, प्रहरी र कम्युनिटीको आपसी समन्वयबाट समाजमा शान्ति सुब्यवस्था कायम गर्दै बेला बेला आइपर्ने घट्नाको सफल अनुसन्धान तथा अपराध रोकथाममा पुर्याउन सकिने टेवाबारे छलफल भयो ।
उक्त अवसरमा प्रहरी प्रशासनले कुनै एउटा मात्र समुदाय विशेषलाई प्राथमिकतामा राख्दा समाजमा पर्न जाने असरलाई मध्यनजर राख्दै रसमोरस्थित फरक समुदायबीच आपसी सुमधुर सम्वन्ध स्थापित गराउन काउन्सिल, प्रहरी र ग्रेटर रसमोर नेपाली कम्युनिटीले सकेसम्म एक अर्काको कार्यक्रममा उल्लेख्य सहभागिता जनाउने प्रतिवद्धता समेत व्यक्त भएको थियो ।
भेटघाटमा कम्युनिटी डेभलप्मेण्ट अफिसर लुइस वेवरले अंग्रेजी बोल्न नजान्ने नेपाली वृद्धवृद्धाको सहयोगार्थ अस्पताल, जीपी, सिटिजन एड्भाइस ब्युरो लगायत निकायमा नेपाली कर्मचारी व्यवस्था गरिएको जनाइन् । उता, चिफ इन्स्पेक्टर आनबेल बेरीले रसमोर र आसपासमा नेपालीहरुको जनघनत्व बढ्दै गएको परिवेशमा १३ देखि १८ वर्ष उमेरको क्याडेटमा र १८ देखि ५५ वर्ष सम्म कम्युनिटी प्रहरीको भर्नामा उल्लेख्य नेपालीहरुको सहभागिता रहने विश्वास व्यक्त गरिन् ।
भेटघाटको अन्त्यमा आफ्नो कार्यकाल सकिए पश्चात नयां कार्यसमिति र स्थानीय प्रहरी प्रशासन र अन्य निकायसंग परिचय गराउन समन्वयकारी भूमिका खेल्ने निवर्तमान अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दल देवान र बैठक व्यवस्थापनमा सहयोग गर्ने बिजिडब्लुएस् महासचिव छत्र राईप्रति आभार व्यक्त गरिएको थियो ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]