पर्सा, २६ असार । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साउनभित्रै संविधान जारी हुने बताएका छन् ।
क्रान्तिकारी पत्रकार सङ्घ पर्साले शनिवार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले संविधानको प्रारम्भिक मस्यौदालाई जनताको राय सुझावका आधारमा परिमार्जन गरी आगामी साउन १५ देखि २० गतेभित्र संविधान जारी गर्ने विषयमा दलहरूबीच अनौपचारिक सहमति भएको बताए ।
उनले एमाओवादीलाई राष्ट्रपति, प्रधानमन्त्रीभन्दा मुलुकलाई सङ्क्रमणकालको भूमरीबाट निकाली सबैको अधिकारलाई स्थापित गर्ने संविधान चाहिएको प्रस्ट पारे ।
शान्ति प्रक्रिया निष्कर्षमा पुरयाउन र संविधान घोषणामा भारतको सर्मथन जुटाउन दिल्ली जान लागेको अध्यक्ष दाहालले जानकारी दिए । उनले नेपालमा शान्ति प्रक्रियाको सुरुवात गर्न भारतले ठूलो सहयोग गरेकाले शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने बेला पनि भारतको समर्थन रहोस् भन्ने उद्देश्यका साथ आफ्नो भारत भ्रमण हुन लागेको अध्यक्ष दाहालले स्पष्ट गरे ।
उनले नेपालमा शान्ति स्थापित भएको देखन नचाहनेहरूले एक मधेस एक प्रदेश र हिन्दू राष्ट्रको बखेडा झिकी संविधान निर्माण प्रक्रियालाई बाधा पुरयाउने प्रयास गरिरहेको बताउँदै त्यस्ता तत्वबाट आम नेपाली जनता सावधान हुनुपर्ने जनाए ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?