
एमालेले महाभूकम्पको वृत्तचित्र बनाउने
काठमाडौँ । नेकपा (एमाले) ले भूकम्पको दस्तावेज तयार गर्ने उद्देश्यले ‘महाभूकम्प २०७२’ नामक वृत्तचित्र निर्माण गर्ने भएको छ ।
राष्ट्रिय स्वयम्सेवक परिचालन कमिटि बैठकले समीक्षा प्रतिवेदनसमेत तयार गर्ने निर्णय गरेको छ । गत वैशाख १२ गते आएको भूकम्पले विभिन्न स्थानका ऐतिहासिक स्थल तथा पुरातात्विक महत्वका विषय वस्तुलगायतमा पुरयाएको क्षति वृत्तचित्रमा संलग्न गरिनेछ ।
त्यस्तै, पार्टीले गत जेठ १० देखि असार १० गतेसम्म विभिन्न २७ जिल्लाका ७६ निर्वाचन क्षेत्रमा परिचालन गरेका स्वयम्सेवकले विभिन्न स्थानमा गरेका काम, श्रमदानलगायतको अभिलेख तथा महत्वपूर्ण तस्बिर समीक्षा प्रतिवेदनमा संलग्न गरिनेछ ।
सो कमिटीका संयोजक गोकर्ण विष्टको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीका नेता विनोद श्रेष्ठ र विजय गुरुङलाई वृत्तचित्र निर्माणका लागि आवश्यक संयोजन गर्न जिम्मेवारी तोकेको छ ।
पार्टीका सचिव योगेश भट्टराई तथा नेताहरू शङ्कर पोखरेल, कृष्णगोपाल श्रेष्ठ, सूर्य थापा र निरज आचार्यलाई समीक्षा प्रतिवेदन तयार गर्ने जिम्मेवारी बैठकले प्रदान गरेको छ ।
एक महिनामा वृत्तचित्र तथा साउनको पहिलो सातामा समीक्षा प्रतिवेदन निर्माण गरी केन्द्रलाई बुझाइनेछ ।
बैठकमा महासचिव ईश्वर पोखरेलले भूकम्पले निम्त्याएको विपत्मा प्रभावित क्षेत्रका विद्यालय, सामाजिक भवन तथा जनताका घरटहरा निर्माणका लागि पार्टीले उचित समयमा स्वयम्सेवक परिचालन गरी जनताको सेवा र सहयोग गरेको विचार व्यक्त गरे ।
कमिटीका संयोजक विष्टले आगामी दिनमा निर्माण गर्न लागिएको वृत्तचित्र तथा समीक्षा प्रतिवेदन नयाँ पुस्तालाई अहिले गएको भूकम्पकाबारेमा थप अध्ययन तथा अनुसन्धान गर्न महत्वपूर्ण अभिलेखकारूपमा उपयोगी हुने बताए ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई