काठमाडौँ । नेकपा (एमाले) ले भूकम्पको दस्तावेज तयार गर्ने उद्देश्यले ‘महाभूकम्प २०७२’ नामक वृत्तचित्र निर्माण गर्ने भएको छ ।
राष्ट्रिय स्वयम्सेवक परिचालन कमिटि बैठकले समीक्षा प्रतिवेदनसमेत तयार गर्ने निर्णय गरेको छ । गत वैशाख १२ गते आएको भूकम्पले विभिन्न स्थानका ऐतिहासिक स्थल तथा पुरातात्विक महत्वका विषय वस्तुलगायतमा पुरयाएको क्षति वृत्तचित्रमा संलग्न गरिनेछ ।
त्यस्तै, पार्टीले गत जेठ १० देखि असार १० गतेसम्म विभिन्न २७ जिल्लाका ७६ निर्वाचन क्षेत्रमा परिचालन गरेका स्वयम्सेवकले विभिन्न स्थानमा गरेका काम, श्रमदानलगायतको अभिलेख तथा महत्वपूर्ण तस्बिर समीक्षा प्रतिवेदनमा संलग्न गरिनेछ ।
सो कमिटीका संयोजक गोकर्ण विष्टको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीका नेता विनोद श्रेष्ठ र विजय गुरुङलाई वृत्तचित्र निर्माणका लागि आवश्यक संयोजन गर्न जिम्मेवारी तोकेको छ ।
पार्टीका सचिव योगेश भट्टराई तथा नेताहरू शङ्कर पोखरेल, कृष्णगोपाल श्रेष्ठ, सूर्य थापा र निरज आचार्यलाई समीक्षा प्रतिवेदन तयार गर्ने जिम्मेवारी बैठकले प्रदान गरेको छ ।
एक महिनामा वृत्तचित्र तथा साउनको पहिलो सातामा समीक्षा प्रतिवेदन निर्माण गरी केन्द्रलाई बुझाइनेछ ।
बैठकमा महासचिव ईश्वर पोखरेलले भूकम्पले निम्त्याएको विपत्मा प्रभावित क्षेत्रका विद्यालय, सामाजिक भवन तथा जनताका घरटहरा निर्माणका लागि पार्टीले उचित समयमा स्वयम्सेवक परिचालन गरी जनताको सेवा र सहयोग गरेको विचार व्यक्त गरे ।
कमिटीका संयोजक विष्टले आगामी दिनमा निर्माण गर्न लागिएको वृत्तचित्र तथा समीक्षा प्रतिवेदन नयाँ पुस्तालाई अहिले गएको भूकम्पकाबारेमा थप अध्ययन तथा अनुसन्धान गर्न महत्वपूर्ण अभिलेखकारूपमा उपयोगी हुने बताए ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो