लन्डन । बेलायतस्थित नेपाली रेष्टुरेन्ट व्यवसायीहरुले बेलायत सरकारको नीति र जनशक्ति अभावले आफ्नो व्यवसाय संकटमा पर्दै गएको गुनासो गरेका छन् । यस्तै अवस्था कायम रहिरहे रेष्टुरेन्ट बन्द गर्नुको विकल्प नरहेको उनीहरुको चेतावनी छ ।
नेपलिज क्याटरिङ एसोसिएसन यूके पदाधिकारीहरुले ह्यारो इष्ट क्षेत्रका सांसद बब ब्ल्याकम्यानसंग गत बिहीवार सांझ भेटेर आफ्ना गुनासो राखेका हुन् ।
अंग्रेजहरुलाई साउथ एजियन खाना बनाउन र त्यसको स्वादबारे ज्ञान कम भएको स्मरण गराउंदै व्यवसायीले अध्यागमन कडाइका कारण विद्यार्थीहरु समेत फर्किने क्रम बढेपछि आफ्ना रेष्टुरेन्टमा काम गर्ने जनशक्ति अभाव भएको गुनासो सांसद बबसंग राखेका थिए । व्यवसायीले वर्क परमिटमा बाहिरी मुलुकबाट जनशक्ति ल्याउने नीति अलिक सहज बनाउनका लागि पहल गरिदिन पनि सांसदसमक्ष आग्रह गरेका थिए ।
व्यवसायीका गुनासो सुनेपछि सांसद बबले यसबारे आगामी सेप्टेम्बरमा संसदमा वहस गराउने आश्वासन दिएका छन् ।
भेटमा नेपलिज क्याटरिङ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष ध्रुव केसी, वर्तमान उपाध्यक्ष आरती श्रेष्ठ, सहसचिव ओजेश सिंह, आइटी इन्जिनियर नरेश शाही लगायत सञ्चारकर्मीहरुको सहभागिता थियो ।
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय