लन्डन । लण्डनको इलिंग ब्रोडवेस्थित ‘हंग्री यति’ रेस्टुरेन्टका प्रोपाईटर माधव श्रेष्ठ तथा श्रीमती निला श्रेष्ठले ‘एन ईभिनिंग फर गोर्खा’ नामक च्यारिटी कार्यक्रमा बेलायत आएका नेपालका वरिष्ठ गायकहरुको सम्मानमा रात्रि भोज आयोजना गरे।
गायक दिप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्यलाई श्रेष्ठ दम्पतिद्वारा खादा तथा पुष्प गुच्छासहित सम्मान गरिएको उक्त साँझमा आयोजक कमिटीका पत्रकार भगिरथ योगी एवं प्रसिद्ध प्रधानको पनि उपस्थिति थियो ।
हेल्प नेपाल नेटवर्कद्वारा सम्पन्न उक्त च्यारिटी कार्यक्रमका अन्य अधिकांश कलाकारहरु भने नेपाल फर्किसकेका छन्। बोल्ने कार्यक्रम नराखिएको विशेष साँझमा गायक योगेश्वर अमात्यले भने – ‘तपाईंहरुको माया, सम्मानले गर्दा यहाँसम्म आईपुगेका छौं। हामीहरुलाई निरन्तर माया गरिरहनु होला।’
कुराकानीको क्रममा यो पंक्तिकारसंग श्रीमती निला श्रेष्ठले बताइन्- ‘कलादेखि हामी अछुतो रहन सक्दैनौं। कलाकार भनेको राष्ट्रका गहना हुन्। थिएटरमा पुगेर टिकट काटेर हेर्नु/सुन्नुको अलावा, सकिन्छ भने वहाँहरुको सम्मानमा किन भेटघाट-सम्मान नगर्ने ?’
बेलायत आउने प्राय: कलाकारहरुको सम्मान हंग्री यति परिवारले निरन्तर गर्दै आइरहेको थप जानकारी उनले दिइन्।
धरान निवासी, श्रेष्ठ दम्पति दुई दशकभन्दा बढी समयदेखि बेलायतमा बसोबास गर्दै रेस्टुरेन्ट व्यवसायमा छन् ।
सो विशेष साँझका लागि कलाकारको आमन्त्रण संयोजन कलाकर्मी शशि थापा सुब्बाले गरेकी थिइन् भने सहयोग रेडियो राईनो एवं गोर्खा च्यानेलका संचारकर्मी रंजित बस्नेतको थियो। कार्यक्रम संचालन लाराले गरेकी थिइन्।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त