लण्डन । तमु धिँ युकेका पूर्व अध्यक्ष कमल गुरुङले एनआरएन युकेको आगामी सेप्टेम्बरमा हुने अधिवेसनमा अध्यक्ष पदका लागि उम्मेदवारी दाबी गरेका छन् ।
एनआरएन युकेमा भएका अार्थिक अपचलनका बारेमा छानबिन गर्न गठित समितिका संयोजक समेत रहेका गुरुङले विगत साढे चार महिनामा आफूले एनआरएन युकेको अार्थिक हिसाबकिताब अनुसन्धान गर्दा हरेक कुरा नजिकबाट नियाल्ने मौका पाएको उल्लेख गर्दै भने, ‘एनआरएनमा व्याप्त गुटबन्दी अन्त्य गरी नेपाली समुदायलाई एक ढिक्का पार्न मैले उम्मेदवार हुने निर्णय गरेको हुँ ।’
तमुधिँ युकेकै पूर्व अध्यक्ष मुच्छेत्र गुरुङले यसअघि नै सो पदमा उम्मेदवारी घोषणा गरिसकेको परिप्रेक्ष्यमा तपाईहरु दुवै जना उम्मेदवार हुने हो कि एक जना मात्र भन्ने प्रश्नमा विगतमा लेबोर पार्टीको नेतृत्वका लागि दाजुभाइ नै प्रतिस्पर्धामा उत्रेको उदाहरण दिँदै उनले भने, ‘यो एउटा प्रजातान्त्रिक प्रक्रिया हो । त्यसैले संस्थालाई राम्रो गर्छु भनेर धेरै साथीहरु आउन सक्नुहुन्छ । यो सबैको अधिकारको कुरा पनि हो ।’
धेरै साथीहरुले एनआरएनको नेतृत्वका लागि अाग्रह गरेको र आफूलाई पनि विभाजित समाजलाई एकतावद्ध बनाउनुपर्छ भन्ने लागेकाले उम्मेदवारी घोषणा गरेको उनले बताए ।
विगतका एनआरएनको निर्वाचनमा बोराका बोरा मतदाता बनाउने गरेको उल्लेख गर्दै तपाई पनि त्यसै गर्नुहुन्छ कि भन्ने प्रश्नमा उनले भने -मतदाता किनेर जित्नुभन्दा नउठेकै बेस ।
उनले युकेका सबै नेपाली संघ संस्था र नेपालीहरुलाई समेट्ने गरी टीम निर्माण गर्ने पनि बताए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा