काठमाडौँ, २५ असार । व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिले भूकम्पपछिको राहत वितरणमा देखिएको अनियमितताका सम्बन्धमा छानबिन गर्न राष्ट्रिय विपत् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिलाई आग्रह गर्ने निर्णय गरेको छ ।
सभामुख सुवास नेम्वाङ नेतृत्वको समितिले राहत वितरणका सम्बन्धमा आवश्यक छानबिन र सरकारलाई निर्देशन दिएको अवस्थामा छुट्टै निर्देशन दिनु आवश्यक नभएको भन्दै त्यसखालको निर्णय गरेको सभापति जनार्दन शर्माले जानकारी दिए ।
समितिको शुक्रवारको बैठकले राहत वितरणमा जताततै अनियमितता भएको, पहुँच र प्रभावका आधारमा मात्र राहत वितरण गरिएको, सुगम स्थानमा मात्र राहत वितरण भएको, दुर्गम क्षेत्रमा हालसम्म राहत वितरण नभएको, जस्तापाता खरिदका लागि वितरण गर्ने भनिएको रु १५ हजारसमेत वितरण नभएकामा सांसदले आपत्ति प्रकट गरेका थिए ।
समितिले यसअघि दिएको निर्देशनसमेत सरकारले कार्यान्वयन नगरेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आवश्यक कारबाहीका लागि दिएको निर्देशनको समेत अवज्ञा भएकामा सांसदले आपत्ति गर्दै निर्णय कार्यान्वयनका लागि आवश्यक पहल गर्नुपर्ने धारणा राखेका थिए ।
सांसद रामहरि खतिवडा, योगेन्द्र चौधरी, ऋषिकेश पोखरेल, डोरप्रसाद उपाध्याय, विकास लम्साल, प्रेमबहादुर सिंहलगायतले विपतको समयमा राहतको दुरुपयोग गर्नेलाई कडा कारबाही गर्नुपर्ने बताए ।
बैठकमा गृह, सङ्घीय मामिला तथा स्थानीय विकास, सहरी विकास र वाणिज्य तथा आपूर्ति मन्त्रालयले भूकम्पपीडितलाई वितरण गरेको राहतका सम्बन्धमा छलफल गरिएको थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा