भूकम्पपछिको पुनःनिर्माण आफ्नै विशेषतामा अगाडि बढाउन वीज्ञहरुको सुझाव

JICA-logo

काठमाडौँ, २५ असार । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका) का वीज्ञ तथा प्राविधिकले भूकम्पपछिको पुनःनिर्माणलाई नेपालको  दिएका छन् ।

प्राकृतिक विपद्पछिको पुनःनिर्माण र नवनिर्माण असाध्यै जटिल विषय भए पनि त्यसलाई योजनाबद्ध रूपमा अगाडि बढाउने सङ्कल्प र इच्छाशक्ति भए सहज रूपमा अगाडि बढाउन सकिने भएकाले नआत्तिन तथा आफ्नै विशिष्टतालाई ख्याल गर्न नेपाल सरकारलाई आग्रह गरेका हुन् ।

जाइकाले शुक्रबार यहाँ आयोजना गरेको ‘भूकम्पपछिको पुनःनिर्माण’ विषयको अन्तक्र्रियामा विपद्सँग कसरी जुध्ने भन्ने विषयमा जापानबाट पनि नेपालले धेरै अनुभव लिन सक्ने भएकाले नजिकबाट अध्ययन गर्न र परम्परागत तवरले बस्ती बसाउनेभन्दा भूउपयोग नीति बनाएर लागू गर्न वीज्ञले आग्रह गरे ।

नेपाल भूकम्पको अधिक जोखिममा रहेको क्षेत्र भएकाले आगामी दिनमा पनि गत वैशाख १२ गते गएको जस्तै जाने सम्भावना उत्तिकै रहेकाले भौतिक पूर्वाधार तथा संरचना निर्माण गर्दा विशेष ध्यान दिनुपर्नेतर्फ सचेत गराएका थिए । ‘गोरखा भूकम्प’ बाट क्षति भएका संरचनाको पुनःनिर्माणको विषयमा प्रस्ट योजना र कार्यक्रमको जरुरत भएकामा जोड दिँदै उनीहरूले बाँकी रहेका संरचनाको पनि उचित जाँचपड्ताल गरेर नवनिर्माणमा लाग्नुपर्ने, नयाँ संरचना निर्माण गर्दा भूकम्पप्रतिरोधी बनाउनुपर्ने, बसोबास र अन्य स्थानको छनोट पनि भूबनोटका आधारमा गर्नुपर्ने धारणा राखेका थिए ।

प्राकृतिक विपद्सँग जुध्नका लागि जापानले गरेको प्रयास र भौतिक संरचनाको निर्माणको प्रक्रिया, त्यसका प्रयोग भएको प्रविधि, विज्ञको सहयोग तथा सरकारी र गैरसरकारी क्षेत्रको लगानी तथा दातृ निकायको सहयोगलाई पनि विशेष ख्याल गर्नुपर्ने जाइकाका वीज्ञको भनाइ थियो ।

काठमाडौँ उपत्यकाका सडक सञ्जाल, पुल, सार्वजनिकस्थल तथा सम्पत्ति, आवासस्थलको सुरक्षालगायत विषयमा विशेष ख्याल गर्न र विपद्को समयमा तत्काल अपनाउनुपर्ने सुरक्षात्मक उपायका बारेमा समेत जनतालाई सहज तथा सरल रूपमा बुझाउन पनि अत्यावश्यक रहेको उनीहरूको भनाइ थियो ।

भूकम्पपछिको पुनःनिर्माणको खाका नेपाल सरकारले तयार पारिसकेको र नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनसमेत आयोजना गरिसकेका सन्दर्भमा सरकारसँग मिलेर काम गर्न जाइका र यसको प्राविधिक टोली तयार रहेको जनाइएको छ ।

जाइकाले काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको पुनःनिर्माणको कार्ययोजना निर्माणमा प्राविधिक सहयोग गर्न लागेको बताइएको छ । यस्तै गोरखा र सिन्धुपाल्चोक जिल्लाको एकीकृत बस्ती निर्माणका लागि अत्यावश्यक सहयोग गर्ने जाइकाको योजना छ ।

कार्यक्रममा जाइकाका परियोजना प्रबन्धक इचिरो कोबायासी, अध्ययन समूहका प्रमुख यासुसी ओवाकाई र उपप्रमुख केन्पिइ कोजिका तथा जापानका भूमि, भौतिक पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयका विज्ञले भूकम्पपछिको नेपालको पुनःनिर्माण र जापानको कोबे सहरको तथा काठमाडौँ उपत्यकाको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा सहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीले जाइकाका प्राविधिकसँग मिलेर नेपालको पुनःनिर्माणलाई योजनाबद्ध रूपमा अगाडि बढाउन सरकार तयार रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री