लन्डन । प्रिन्स अफ वेल्स् चार्ल्सले गोर्खाहरुलाई उत्कृष्ट सैनिकको संज्ञा दिएका छन् । एउटा रेजिमेन्ट रोयल गोर्खा राइफल्स् (आरजिआर) को सोर्नक्लिफ ब्यारेक्स्मा आयोजित २१ औं वार्षिकोत्सव समारोहमा चार्ल्सले गोर्खाहरुको प्रशंसा गरेका हुन् ।
खुकुरीले केक काटेपछि चार्ल्सले भने, ‘रेजिमेन्ट २१ वर्ष मात्र पुरानो भएपनि गोर्खाहरु दुई सय वर्ष यता बेलायती राजमुकुटप्रति बफादार भएर लडिरहेका छन् । पछिल्लो समय आरजिआरले अफगानिस्तान युद्ध र ब्रुनाइको युद्धतालिममा मात्र होइन, विश्वभरनै महत्वपूर्ण भूमिका खेलेको छ ।’
यसै साल ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठ मनाइरहंदा चार्ल्सले थपे, ‘तपाईंहरु यो स्थानमा भएर पुर्खाहरुले धेरै गर्व गरेको हुनुपर्छ । उपलव्धिमुलक काम र विश्वमाझ आफ्नो उच्च छवि कायम राखेर गोर्खाहरुले उत्कृष्ट सैनिक भएको पुष्टि गरेका छन् ।’
आफ्नो सम्वोधनमा चार्ल्सले हालैको भूकम्पबाट परेको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालीलाई बेलायती जनताले हृदयदेखि नै सहयोग गरेको स्मरण गरेका थिए ।
खैरो सुट, रेजिमेन्टल टाइ, दुई सय वर्ष गांठ अंकित गोर्खा ब्याज र गोर्खा राइफल्स पदक भिरेर समारोहमा सरिक चार्ल्सलाई दश वर्षीया जेनिफर चोङबाङ र कृष्ण लोक्समले माला लगाइदिएका थिए । ३७५ गोर्खामाझ तस्विर समेत खिचाएका चार्ल्सले उपस्थित गोर्खा र तिनका परिवारहरुसंग वातचित गरेका थिए ।
समारोहमा उपस्थित कलर सार्जेन्ट सन्तोष राईले भने, ‘राजकुमार चाल्र्सलाई हाम्रो कर्णेल इन चिफका रुपमा पहिलो पटक भेट्न पाउंदा ज्यादै खुशी लाग्यो ।’
सन् १९७७ यता आरजिआरको कर्णेल इन चिफ बनेका चार्ल्सले हालसम्म तीनपटक नेपालको भ्रमण गरेका छन् ।
गत महिना दुई सय वर्ष गांठकै अवसरमा आयोजित समारोहमा प्रिन्स ह्यारीले आफूलाई गोर्खा बन्न मन लागेपनि समयले साथ नदिएको बताउंदै गोर्खाहरु अद्धितीय रहेको बताएका थिए ।
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
विचार : सहजताको मूल्य र गोपनीयता
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका