लन्डन । प्रिन्स अफ वेल्स् चार्ल्सले गोर्खाहरुलाई उत्कृष्ट सैनिकको संज्ञा दिएका छन् । एउटा रेजिमेन्ट रोयल गोर्खा राइफल्स् (आरजिआर) को सोर्नक्लिफ ब्यारेक्स्मा आयोजित २१ औं वार्षिकोत्सव समारोहमा चार्ल्सले गोर्खाहरुको प्रशंसा गरेका हुन् ।
खुकुरीले केक काटेपछि चार्ल्सले भने, ‘रेजिमेन्ट २१ वर्ष मात्र पुरानो भएपनि गोर्खाहरु दुई सय वर्ष यता बेलायती राजमुकुटप्रति बफादार भएर लडिरहेका छन् । पछिल्लो समय आरजिआरले अफगानिस्तान युद्ध र ब्रुनाइको युद्धतालिममा मात्र होइन, विश्वभरनै महत्वपूर्ण भूमिका खेलेको छ ।’
यसै साल ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठ मनाइरहंदा चार्ल्सले थपे, ‘तपाईंहरु यो स्थानमा भएर पुर्खाहरुले धेरै गर्व गरेको हुनुपर्छ । उपलव्धिमुलक काम र विश्वमाझ आफ्नो उच्च छवि कायम राखेर गोर्खाहरुले उत्कृष्ट सैनिक भएको पुष्टि गरेका छन् ।’
आफ्नो सम्वोधनमा चार्ल्सले हालैको भूकम्पबाट परेको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालीलाई बेलायती जनताले हृदयदेखि नै सहयोग गरेको स्मरण गरेका थिए ।
खैरो सुट, रेजिमेन्टल टाइ, दुई सय वर्ष गांठ अंकित गोर्खा ब्याज र गोर्खा राइफल्स पदक भिरेर समारोहमा सरिक चार्ल्सलाई दश वर्षीया जेनिफर चोङबाङ र कृष्ण लोक्समले माला लगाइदिएका थिए । ३७५ गोर्खामाझ तस्विर समेत खिचाएका चार्ल्सले उपस्थित गोर्खा र तिनका परिवारहरुसंग वातचित गरेका थिए ।
समारोहमा उपस्थित कलर सार्जेन्ट सन्तोष राईले भने, ‘राजकुमार चाल्र्सलाई हाम्रो कर्णेल इन चिफका रुपमा पहिलो पटक भेट्न पाउंदा ज्यादै खुशी लाग्यो ।’
सन् १९७७ यता आरजिआरको कर्णेल इन चिफ बनेका चार्ल्सले हालसम्म तीनपटक नेपालको भ्रमण गरेका छन् ।
गत महिना दुई सय वर्ष गांठकै अवसरमा आयोजित समारोहमा प्रिन्स ह्यारीले आफूलाई गोर्खा बन्न मन लागेपनि समयले साथ नदिएको बताउंदै गोर्खाहरु अद्धितीय रहेको बताएका थिए ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ