बेलायती राजपरिवार गोर्खा भर्तीको दुई सय वर्ष गांठ कार्यक्रममा

11390131_386000928261855_3533011776137860724_n

 

लन्डन । बेलायती महारानी एलिजावेथ द्वितियासहित शाही सदस्यहरु ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्षगांठका अवसरमा आयोजित विशेष समारोहमा सरिक भएका छन् ।

मंगलबार सांझ लन्डनस्थित रोयल हस्पिटल चेल्सीमा आयोजना गरिएको विशेष समारोहमा महारानीसहित राजकुमार फिलिप, चार्ल्स र ह्यारीसमेत सामेल थिए । राजकुमार चार्ल्स रोयल गोर्खा राइफल्स्का कर्णेल इन चिफ हुन् भने ह्यारी अफगानिस्तान युद्धमा गोर्खा बटालियनका साथ उत्रिएका थिए ।

उक्त गोर्खा २०० पेजेन्टमा उपस्थित हुने १४ सय पाहुनामध्ये ब्रुनाइका सुल्तान पनि सरिक थिए ।

भूपू गोर्खा र तिनका परिवारका लागि आर्थिक तथा स्वास्थ्य सुविधा उपलव्ध गराइरहेको गोर्खा वेलफेयर ट्रष्टले समारोह आयोजना गरेको हो ।

सयौं गोर्खा सहभागी उक्त कार्यक्रममा ब्रिगेड अफ गोर्खाज् ब्याण्डको प्रस्तुति विशेष आकर्षण रह्यो । उक्त अवसरमा नेपालमा भूकम्पमा दिवंगतहरुको सम्झनामा एक मिनेट मौनधारण समेत गरियो भने गोर्खा इतिहास झल्कने विभिन्न सामाग्रीको 
प्रदर्शनी पनि राखिएको थियो ।

मन्तव्यका क्रममा ट्रष्टका संरक्षक प्रिन्स अफ वेल्स् चार्ल्सले गोर्खाहरु बेलायती मुकुटका लागि लड्ने योद्धामात्र नभएर एउटा परिवार समेत भएको उल्लेख गरे ।
गोर्खा वेलफेयर ट्रष्टका निर्देशक कर्णेल विलियम सटलउडले ट्रष्टले गोर्खा भेट्रान र तिनका परिवारलाई आर्थिक सहयोग मात्र नगरेर भूकम्पपछि नेपालको पुनर्निर्माणमा समेत सघाएको जनाए ।

इतिहासवीद डान शो र भूपू गोर्खालाई आवासीय अधिकार दिलाउन सफल अभिनेत्री जोआना लुम्लेले कार्यक्रमको वर्णन गरेका थिए ।

अभिनेत्री लुम्ले गोर्खा परिवारहरुमाझ

अभिनेत्री लुम्ले गोर्खा परिवारहरुमाझ

तस्विरहरुः दि गोर्खा ब्रिगेड एसोसिएसन

प्रतिक्रिया

सम्बन्धित सामाग्री