लन्डन । बेलायती महारानी एलिजावेथ द्वितियासहित शाही सदस्यहरु ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्षगांठका अवसरमा आयोजित विशेष समारोहमा सरिक भएका छन् ।
मंगलबार सांझ लन्डनस्थित रोयल हस्पिटल चेल्सीमा आयोजना गरिएको विशेष समारोहमा महारानीसहित राजकुमार फिलिप, चार्ल्स र ह्यारीसमेत सामेल थिए । राजकुमार चार्ल्स रोयल गोर्खा राइफल्स्का कर्णेल इन चिफ हुन् भने ह्यारी अफगानिस्तान युद्धमा गोर्खा बटालियनका साथ उत्रिएका थिए ।
उक्त गोर्खा २०० पेजेन्टमा उपस्थित हुने १४ सय पाहुनामध्ये ब्रुनाइका सुल्तान पनि सरिक थिए ।
भूपू गोर्खा र तिनका परिवारका लागि आर्थिक तथा स्वास्थ्य सुविधा उपलव्ध गराइरहेको गोर्खा वेलफेयर ट्रष्टले समारोह आयोजना गरेको हो ।
सयौं गोर्खा सहभागी उक्त कार्यक्रममा ब्रिगेड अफ गोर्खाज् ब्याण्डको प्रस्तुति विशेष आकर्षण रह्यो । उक्त अवसरमा नेपालमा भूकम्पमा दिवंगतहरुको सम्झनामा एक मिनेट मौनधारण समेत गरियो भने गोर्खा इतिहास झल्कने विभिन्न सामाग्रीको प्रदर्शनी पनि राखिएको थियो ।
मन्तव्यका क्रममा ट्रष्टका संरक्षक प्रिन्स अफ वेल्स् चार्ल्सले गोर्खाहरु बेलायती मुकुटका लागि लड्ने योद्धामात्र नभएर एउटा परिवार समेत भएको उल्लेख गरे ।
गोर्खा वेलफेयर ट्रष्टका निर्देशक कर्णेल विलियम सटलउडले ट्रष्टले गोर्खा भेट्रान र तिनका परिवारलाई आर्थिक सहयोग मात्र नगरेर भूकम्पपछि नेपालको पुनर्निर्माणमा समेत सघाएको जनाए ।
इतिहासवीद डान शो र भूपू गोर्खालाई आवासीय अधिकार दिलाउन सफल अभिनेत्री जोआना लुम्लेले कार्यक्रमको वर्णन गरेका थिए ।
तस्विरहरुः दि गोर्खा ब्रिगेड एसोसिएसन
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा