लण्डन । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले युकेले नेपालका भूकम्प पीडितहरुका लागि ५ हजार पाउण्ड सहयोग गरेको छ ।
सेन्टरले संकलन गरेको ५ हजार १०१ पाउण्ड बुधवार सेन्टरका तर्फबाट नेपाली दूताबास लण्डनमा हस्तान्तरण गरिएको छ ।
सहयोग हस्तान्तरणका क्रममा बेलायतका लागि कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्री, तृतीय सचिव सूर्यबहादुर थापा र मिलिटिरी एटैची प्रदीपजंग थापा तथा समूहका उपाध्यक्ष सुनित जैन, संस्थापक सचिव अनुप बर्मा, प्रवक्ता जीव बेल्बासे र सांस्कृतिक सचिव विक्रम भट्टराई लगायतको उपस्थिति थियो ।
यसैबीच, उक्त अवसरमा समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओविइ) ले बेग्लै दुई हजार पाउण्डको चेक कार्यवहाक राजदूत क्षेत्रीलाई प्रदान गरेका छन् ।
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण