तरकारी बेचेर छोराछोरी पढाउँदै

पाल्पा । कृषि पेसामा लाग्ने महिलाको सङ्ख्या पुरुषको तुलनामा कम छैन । घरभित्रकै काममा सीमित रहने महिलाको आर्थिक अवस्था कमजोर छ । उनीहरू श्रीमान् र घरपरिवारमाथि निर्भर रहने गरेका छन् ।

सधैँ घरधन्दा मात्र गर्यो, बालबच्चा हुर्कायो बस्यो, केही पैसा चाहियो भने श्रीमान्प्रति निर्भर हुनुपर्दा एकदमै दुःख लाग्ने गरेको महिलाहरू बताउँछन् । रामपुर नगरपालिकाका महिला भने हिजोआज व्यावसायिक रुपमै कृषिमा लाग्न थालेका छन् ।

“पढेको छैन, अरु पेसा पनि केही छैन, छोराछोरीलाई पालनपोषण र पढाउनै पर्यो, घर व्यवहार चलाउनुपर्यो, अरु उपाय केही छैन्, कृषि व्यवसायमाथी निर्भर रहनु परेको छ” मथुरा ढकालले भनिन् । घरभित्रको काममा मात्र सीमित भएर हुँदैन भन्ने लागेपछि उनी अहिले कृषि व्यवसाय गर्न थालेकी हुन् । उहाँले करिब साढे चार रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी लगाएर घर व्यवहार चलाउँदै आएकी छिन् ।

तरकारी व्यवसायबाट एक छोरीलाई तानसेनको एक क्याम्पसमा र छोरालाई घरनजिकैको सहिद बहुमुखी क्याम्पसमा स्नातक तह पढाइरहेको उनले बताइन् । “छोराछोरीलाई क्याम्पस पढाउन सक्ने अवस्था थिएन, यही तरकारी व्यवसाय गरेर दुःख सुखका साथ पढाइरहेकी छु” उनले भनिन् । तरकारी बेचेरै भए पनि पढाउला नि भन्ने आँट गरेर छोराछोरीलाई क्याम्पस भर्ना गरेको उनको भनाइ छ ।

अहिले काँक्रा, घिरौला, करेला, गोलभेँडा, खुर्सानी, फर्सी जातका तरकारीको उत्पादन गर्दै आएकी छिन् । व्यापारी तरकारी खरिद गर्न घरमै आउने गरेको उनले बताइन् ।

ढकालको कार्यको सिको छिमेकी महिलाले समेत गर्न थालेका छन् । छिमेकी विष्णु पोखरेलले पनि विभिन्न जातका तरकारी उत्पादन गरेर घर व्यवहार चलाउँदै आएका छन् । पोखरेलले पनि तरकारी बेचेर छोराछोरीलाई शिक्षा दिएका छन् । उनी भन्छन् “छोराछोरीलाई कापी, कलम, किताब, मासिक शुल्क, घर व्यवहार राम्ररी चलेको छ” । उनले छोराछोरीलाई निजी स्कुलमा भर्ना गरेकी छिन् ।

सोही ठाउँ बस्ने लक्ष्मी पाण्डेले पनि तरकारी बेचेर पाल्पा सदरमुकाम तानसेनको एक क्याम्पसमा छोरालाई आइएस्सी पढाइरहेकी छिन् । उनले भन्छन्, “श्रीमान् विदेशमा हुनुहुन्छ, मैले तरकारी लगाएर घर व्यवहार चलाएकी छु, छोराछोरीलाई समेत पढाउन सहयोग पुगेको छ ।”

घरको काम धन्दामा मात्र सीमित रहेका महिला अहिले व्यावसायिक रुपमा कृषि पेसा गरेर यथेष्ट आम्दानी गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री