पाल्पा । कृषि पेसामा लाग्ने महिलाको सङ्ख्या पुरुषको तुलनामा कम छैन । घरभित्रकै काममा सीमित रहने महिलाको आर्थिक अवस्था कमजोर छ । उनीहरू श्रीमान् र घरपरिवारमाथि निर्भर रहने गरेका छन् ।
सधैँ घरधन्दा मात्र गर्यो, बालबच्चा हुर्कायो बस्यो, केही पैसा चाहियो भने श्रीमान्प्रति निर्भर हुनुपर्दा एकदमै दुःख लाग्ने गरेको महिलाहरू बताउँछन् । रामपुर नगरपालिकाका महिला भने हिजोआज व्यावसायिक रुपमै कृषिमा लाग्न थालेका छन् ।
“पढेको छैन, अरु पेसा पनि केही छैन, छोराछोरीलाई पालनपोषण र पढाउनै पर्यो, घर व्यवहार चलाउनुपर्यो, अरु उपाय केही छैन्, कृषि व्यवसायमाथी निर्भर रहनु परेको छ” मथुरा ढकालले भनिन् । घरभित्रको काममा मात्र सीमित भएर हुँदैन भन्ने लागेपछि उनी अहिले कृषि व्यवसाय गर्न थालेकी हुन् । उहाँले करिब साढे चार रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी लगाएर घर व्यवहार चलाउँदै आएकी छिन् ।
तरकारी व्यवसायबाट एक छोरीलाई तानसेनको एक क्याम्पसमा र छोरालाई घरनजिकैको सहिद बहुमुखी क्याम्पसमा स्नातक तह पढाइरहेको उनले बताइन् । “छोराछोरीलाई क्याम्पस पढाउन सक्ने अवस्था थिएन, यही तरकारी व्यवसाय गरेर दुःख सुखका साथ पढाइरहेकी छु” उनले भनिन् । तरकारी बेचेरै भए पनि पढाउला नि भन्ने आँट गरेर छोराछोरीलाई क्याम्पस भर्ना गरेको उनको भनाइ छ ।
अहिले काँक्रा, घिरौला, करेला, गोलभेँडा, खुर्सानी, फर्सी जातका तरकारीको उत्पादन गर्दै आएकी छिन् । व्यापारी तरकारी खरिद गर्न घरमै आउने गरेको उनले बताइन् ।
ढकालको कार्यको सिको छिमेकी महिलाले समेत गर्न थालेका छन् । छिमेकी विष्णु पोखरेलले पनि विभिन्न जातका तरकारी उत्पादन गरेर घर व्यवहार चलाउँदै आएका छन् । पोखरेलले पनि तरकारी बेचेर छोराछोरीलाई शिक्षा दिएका छन् । उनी भन्छन् “छोराछोरीलाई कापी, कलम, किताब, मासिक शुल्क, घर व्यवहार राम्ररी चलेको छ” । उनले छोराछोरीलाई निजी स्कुलमा भर्ना गरेकी छिन् ।
सोही ठाउँ बस्ने लक्ष्मी पाण्डेले पनि तरकारी बेचेर पाल्पा सदरमुकाम तानसेनको एक क्याम्पसमा छोरालाई आइएस्सी पढाइरहेकी छिन् । उनले भन्छन्, “श्रीमान् विदेशमा हुनुहुन्छ, मैले तरकारी लगाएर घर व्यवहार चलाएकी छु, छोराछोरीलाई समेत पढाउन सहयोग पुगेको छ ।”
घरको काम धन्दामा मात्र सीमित रहेका महिला अहिले व्यावसायिक रुपमा कृषि पेसा गरेर यथेष्ट आम्दानी गर्न थालेका छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो