
लन्डन । नेपालमा भूकम्पले निम्त्याएको महाविपत्तिले सारा विश्वको ध्यान आकृष्ट गर्यो । आकस्मिक उद्दारदेखि राहत तथा प्रारम्भिक पुनस्थापना समेतका लागि विभिन्न मुलुकबाट सहयोग आइरहेका छन् । ती देशबाट सरकारी स्तर तथा संस्थागत रुपले भएका सहयोग त छदैंछन्, तर व्यक्तिगत तथा समूहगत रुपमा विपतमा परेका नेपालीहरुलाई सकेको सहयोग गर्ने विदेशी मनहरु पनि प्रशस्तै देखिएका छन् ।
पूर्वी लण्डनको रोयल डक्सस्थित नाकोन थाई रेष्टुरेन्टले पनि नेपालका भूकम्प पीडितको सहयोगार्थ आइतबार एक च्यारिटी कार्यक्रम गरि झण्डै आठ लाख रुपैयां ९ पांच हजार पाउण्ड संकलन गरेको छ । झण्डै सय जना सहभागी डिनरमा संकलित सम्पूर्ण रकम नेपाल पठाइने सो रेष्टुरेन्ट व्यवस्थापनले जनाएको छ । पूर्ण रुपमा थाई व्यवस्थापनमा सञ्चालित रेष्टुरेन्टमा केही नेपाली समेत कार्यरत छन् । दश वर्षअघि स्थापित नाकोन थाई सन २०१५ को ओपन टेबल डाइनर च्वाइस् अवार्ड विजेता पनि हो । पूर्वी लन्डनमा निकै लोकप्रिय रेष्टुरेन्टले च्यारिटी इभेन्टका लागि खर्चिएको लागत समेत नकटाएर पुरै
रकम नेपालका भूकम्प पीडितलाई पठाउन लागेको छ ।
कार्यक्रममा चेल्सी तथा इभरटन क्लबका हस्ताक्षरसहितका सर्टहरु, चर्चित बेलायती कलाकारका चित्रकला लगायतका सामग्री लिलाम बढाबढ गरेर समेत सहयोग संकलन गरिएको थियो । त्यस्तै फाइभ स्टार होटलमा विकेण्ड स्टे लगायतका आकर्षक पुरस्कार समावेश गरिएको राफल चिट्ठाबाट समेत रकम संकलन भएको थियो ।
कार्यक्रममा ऐक्यबद्धता जनाउन एनआरएनए यूकेका अध्यक्ष महेन्द्र कंडेल, सदस्य दिपक श्रेष्ठ, पत्रकारहरु नवीन पोखरेल, फणिन्द्र भट्टराई, शिव भण्डारी, राजकुमार थापा, प्रताप गुरुंग, जेनी भट्टराई, युवा व्यवसायी हरि आचार्य, गणेश खडका लगायत नाकोन थाई पुगेका थिए ।
कार्यक्रममा प्लमस्टिडकी नेपाली किशोरी एलिजा श्रेष्ठले प्रस्तुत गरेका नेपाली लोक नृत्यको सहभागी सबैले वाहवाही गरे । कार्यक्रममा परम्परागत थाई नृत्यका साथ नाकोन थाई रेष्टुरेन्टकै संगीतकर्मीहरुले लाइभ संगीत प्रस्तुत गरेका थिए ।
संकलित रकम छिट्टै युरोपको नेपालीपत्रसंगको सहकार्यमा भूकम्पबाट अति प्रभावित गाउंहरुमा पुगेर राहत वितरणमा लगाइने रेष्टुरेन्टसंग आवद्ध पत्रकार ध्रुबराज अर्यालले जानकारी दिए ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस