लन्डन । भूकम्प पीडितलाई राहत वितरण तथा उद्दार गर्न बेलायतले पठाएका तीन चिनोक हेलिकप्टर अन्ततः भारतबाटै फर्कने भएका छन् । नेपाली अधिकारीहरुले त्यस्ता हेलिकप्टरले घर तथा अन्य संरचनामा झन् क्षति पुर्याउने भन्दै उड्न अनुमति नदिएपछि हेलिकप्टर फर्कने तयारी गरेको डेली मेलले लेखेको छ । तर, अमेरिकाको भने यो भन्दा ठूला ओस्प्रे एयरक्राफ्ट उडाइरहेको छ ।
कुटनीतिक मतक्यैता रहिरहंदा गत बुधवार पनि नम्बर टेन (बेलायती प्रधानमन्त्रीको कार्यालय) र नेपाल सरकारबीच भूकम्प प्रभावित क्षेत्रमा ब्रिटिश हेलिकप्टर उड्न अनुमति दिनेबारे छलफल भएको थियो । छलफलमा नेपाली अधिकारीहरुले हेलिकप्टर अवतरण गर्दा घरहरु भत्कने जिकिर गरेका समाचारमा उल्लेख छ ।
अखवारले लेखेको छ, भारत र चीनले बेलायत जस्ता अन्तर्राष्टिय मुलुकलाई राहत वितरण तथा उद्दार गर्न दिंदा आफू ओझेल परिने त्रासले उडान अनुमति रोकिएको हुन सक्छ ।
विनाशकारी भूकम्पपछि बेलायतले तीन हेलिकप्टर नेपाल पठाउने घोषणा गरेको थियो । तर, उडान अनुमति नपाउंदा ति चिनोक हेलिकप्टर र पाइलट, इन्जिनियरसहित ४० जनाको क्रु दुई सातायता भारतको चण्डीगढ एयरबेसमै अड्किएको छ ।
तर, बेलायती रक्षा मन्त्रालय श्रोतले भने अहिलेसम्म हेलिकप्टर फर्कने निर्णय भइनसकेको जनाएको छ । श्रोतले हेलिकप्टर यत्तिकै फर्कने कुरा घुमाउरो पारामा इन्कार गर्दै तिनले सहायता सामाग्री आकाशबाटै खसाल्न सक्ने समेत दावी गरेका छन् । ति ट्वीन रोटोर चिनोक्स्ले एकैपटक ७० जनासम्म मानिस बोक्न, केही घण्टा इन्धन नभरि र हिमाली क्षेत्रमा अवतरण नगरिकनै उद्दार तथा राहत वितरण गर्न सक्ने जनाइएको छ ।
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा