
नेपालमा नउडिकनै फर्कने भए ब्रिटिश चिनोक हेलिकप्टर
लन्डन । भूकम्प पीडितलाई राहत वितरण तथा उद्दार गर्न बेलायतले पठाएका तीन चिनोक हेलिकप्टर अन्ततः भारतबाटै फर्कने भएका छन् । नेपाली अधिकारीहरुले त्यस्ता हेलिकप्टरले घर तथा अन्य संरचनामा झन् क्षति पुर्याउने भन्दै उड्न अनुमति नदिएपछि हेलिकप्टर फर्कने तयारी गरेको डेली मेलले लेखेको छ । तर, अमेरिकाको भने यो भन्दा ठूला ओस्प्रे एयरक्राफ्ट उडाइरहेको छ ।
कुटनीतिक मतक्यैता रहिरहंदा गत बुधवार पनि नम्बर टेन (बेलायती प्रधानमन्त्रीको कार्यालय) र नेपाल सरकारबीच भूकम्प प्रभावित क्षेत्रमा ब्रिटिश हेलिकप्टर उड्न अनुमति दिनेबारे छलफल भएको थियो । छलफलमा नेपाली अधिकारीहरुले हेलिकप्टर अवतरण गर्दा घरहरु भत्कने जिकिर गरेका समाचारमा उल्लेख छ ।
अखवारले लेखेको छ, भारत र चीनले बेलायत जस्ता अन्तर्राष्टिय मुलुकलाई राहत वितरण तथा उद्दार गर्न दिंदा आफू ओझेल परिने त्रासले उडान अनुमति रोकिएको हुन सक्छ ।
विनाशकारी भूकम्पपछि बेलायतले तीन हेलिकप्टर नेपाल पठाउने घोषणा गरेको थियो । तर, उडान अनुमति नपाउंदा ति चिनोक हेलिकप्टर र पाइलट, इन्जिनियरसहित ४० जनाको क्रु दुई सातायता भारतको चण्डीगढ एयरबेसमै अड्किएको छ ।
तर, बेलायती रक्षा मन्त्रालय श्रोतले भने अहिलेसम्म हेलिकप्टर फर्कने निर्णय भइनसकेको जनाएको छ । श्रोतले हेलिकप्टर यत्तिकै फर्कने कुरा घुमाउरो पारामा इन्कार गर्दै तिनले सहायता सामाग्री आकाशबाटै खसाल्न सक्ने समेत दावी गरेका छन् । ति ट्वीन रोटोर चिनोक्स्ले एकैपटक ७० जनासम्म मानिस बोक्न, केही घण्टा इन्धन नभरि र हिमाली क्षेत्रमा अवतरण नगरिकनै उद्दार तथा राहत वितरण गर्न सक्ने जनाइएको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई