लण्डन । बेलायतको राजपरिवारमा नवराजकुमारीको जन्म भएको छ ।
प्रिन्स विलियम्स र डचेज अफ क्याम्ब्रिज केटको दोस्रो सन्तानका रुपमा आज बिहान ८ बजेर ३४ मिनेटमा लण्डनस्थित सेन्ट मेरिज अस्पतालमा नयाँ राजकुमारीको जन्म भएको हो ।
बीबीसीका अनुसार अहिले अधिराजकुमारी केट र राजकुमारीको स्वास्थ्य अवस्था सामान्य छ ।
डचेज अफ क्याम्ब्रिजलाई आज बिहान ६ बजे अस्पताल भर्ना गरिएको थियो । नव राजकुमारीको तौल ३.७ किलोग्राम रहेको छ ।
राजकुमारी बेलायतको राजपरिवारमा चौथो मर्यादाक्रममा रहेकी छिन् । उनको नाम केही दिनमै राखिने बताइएको छ ।
राजकुमारीको आगमनपछि बेलायती राजपरिवारमा खुशी छाएको छ ।
बेलायती महारानी, ड्युक अफ एडिनवरा, प्रिन्स चार्ल्स, डचेज अफ कोर्नवाल, प्रिन्स हृयारी सबै सो खबरले हर्षित भएको केनजिंगटन प्यालेसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
उता प्रधानमन्त्री डेभिड क्यामरुन, उपप्रधानमन्त्री निक क्लेग तथा विपक्षी लेबोर पार्टीका नेता एड मिलिब्याण्डले राजकुमारीको जन्म भएकोमा प्रिन्स विलियम र केटलाई बधाई दिएका छन् ।
सर्वसाधारणहरु नवजात राजकुमारीलाई हेर्न सेन्ट मेरिज अस्पताल र बकिंघम प्यालेस बाहिर जम्मा भएका छन् ।
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप