नेपालबाट चोरी, अमेरिकामा मुद्दा

काठमाडौं। नेपालबाट करिब साढे तीन दशक अघि चोरिएको प्राचीन मुर्ति बेच्ने एक अमेरिकी आर्ट डिलरविरुद्ध अमेरिकाको अदालतमा मुद्दा परेको छ। म्यानहटन जिल्लाको सरकारी वकिलले नेपाल र भारतको मन्दिरबाट चोरिएका धार्मिक महत्वका ती मूर्ति डिलरविरुद्ध मुद्दा दायर गरेको हो। सो डिलरले तीन वटा मूर्ति करिब ५ करोड रुपैयांमा बेचेको थियो।

होम्सी

होम्सी

 

म्यानहटन जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा प्रस्तुत गरेको कागजातमा नयेफ होम्सीले हिन्दु र बौद्ध धर्मका देवीदेवताका तीन वटा मूर्तिहरु चोरिएका हुन् भन्ने जान्दा जाँन्दै बेचेको उल्लेख भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ। मूर्ति बेच्ने व्यक्तिलाई चाँडै पक्रेर कारवाहीको तयारी भएको काजगातमा उल्लेख छ।

ती मूर्तिहरु सन् २०१२ जुनदेखि सन् २०१३ मार्चसम्म बेचेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्। त्यसमा सबैभन्दा बढी ३ करोड ७० लाख रुपैयामा १३ औं शताब्दीको वुद्धको संभारको पित्तलबाट बनेको मूर्ति रहेको छ। सो मूर्ति सन् १९८३ मा काठमाडौंबाट चोरी भएको उल्लेख छ। न्युयोर्क टाइम्सले यस विषयमा प्रतिक्रिया लिन खोज्दा होम्सीको ग्यालेरीमा कुनै जवाफ नदिएको जनाएको छ।Samvara

अमेरिकाको होमल्यान्ड सेक्युरिटीसँग सहकार्यमा अनुसन्धान गरेपछि जिल्ला सरकारी वकिलको कार्यालयले मार्च २५ मा म्यानहटन सिभिल सुप्रिम कोर्टमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा गैरकानुनी कारोबार जम्मा गरिएको होम्सीको कम्पनीको बैंक खाता रोक्का गर्न माग गरिएको छ।

‘आउने केही दिनभित्रै, यो न्युयोर्कको काउन्टी जिल्ला सरकारी वकिलको कार्यालय होम्सीलाई पक्राउ गर्न चाहान्छ’ म्यानहटनका अभियोजनकर्ता लिन गुडम्यानले तयार पारेको कागजातमा उल्लेख छ।

म्यानहटन सरकारी वकिलको कार्यालयले पनि यो विषयमा टिप्पणी गर्न अस्वीकार गरेको सञ्चार माध्यमहरुले जनाएका छन्।

सन् २०१२ को होम्सीले सम्भाराको मूर्ति एक व्यक्तिबाट सो प्राप्त गरेको उल्लेख छ। तर अदालतमा प्रस्तुत गरेको कागजातमा सो व्यक्तिको परिचय खोलिएको छैन।

केही दिनपछि नै सो मूर्तिको वास्तविकता पहिचानका गर्न नियुक्त गरिएका विज्ञले होम्सीलाई सन् १९८३ काठमाडौंको इतुम बहालबाट चोरी भएको साम्भाराको मूर्ति भएको बताएको अदालतमा प्रस्तुत कागजातमा उल्लेख छ।

अर्को डिलरलाई जुन २० मा इमेलमा होम्सीलाई सो मूर्ति चोरी हो भन्ने विषयमा जानकार रहेको देखिने बताएको छ। त्यसमा उनले आफूले प्राप्त गरेको मूर्ति चोरी हो भने भन्नेमा सही सावित हुनसक्ने भन्दै त्रासले हराएको आर्ट लुज रजिस्टर्डमा खोज्न नसकेको अदालतमा प्रस्तुत काजगातमा उल्लेख छ। सो साइटमा हराएका वा चोरी भएका मूर्तिहरुको बारेमा जानकारी राखिएको छ।

सबै जानकारी हुँदाहुँदै पनि होम्सीले सो मुर्ति सन् २०१३ फेब्रुअरीमा बेइजिङका एक ग्राहकलाई बेचेका सरकारी वकिलको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री