काठमाडौं। जिल्ला न्यायधिवक्ताको कार्यालय काठमाडौंले रानीबारी हत्याकान्डको साक्षीको बयान बन्द इजलासमा गर्न प्रस्ताव गरेको छ। कार्यालयले घटनाका प्रत्यक्षदर्शीको गोपनियता र सुरक्षाका कारण सो मुद्धा प्रकृयालाई बन्द इजलासमा राख्न काठमाडौं जिल्ला अदालतमा प्रस्ताव गरेको हो।
१२ वर्ष पुरानो घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका मनराज गुरुङ र प्रमेश चौहानविरुद्ध मंगलवार दर्ता भएको अभियोगपत्रमा घटनाको संवेदनशीलताका कारण सुनुवाई प्रकृया निरन्तर गर्न समेत आग्रह गरेको नागरिक दैनिकले समाचार छापेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सकाएर न्यायधिवक्ताको कार्यालयमा बुझाएको प्रस्तावित राय सुझावमा यी दुबै पक्षलाई प्राथमिकतामा राख्दै चाँडो सुनुवाई गरी टुंग्याउन सुझाव दिएको थियो। जिल्ला न्यायधिवक्ताको कार्यालयले ब्युरोको सुझाव स्विकार गर्दै सोही अनुसारको प्रस्ताव अगाडि बढाएको हो।
२०५९ मा रानीबारीमा मारिएका हेमन्त र अञ्जली श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै ब्युरोले २५ दिन अगाडि गुरुङ र चौहानलाई पक्राउ गरेको थियो। मंगलवार जन्मकैदको माग गर्दै दायर भएको अभियोगपत्र अनुसार बुधवारबाट थुनछेकको बहस शुरु भयो।
बुधवार गुरुङ र चौहानको बयान सकिए लगत्तै थुनछेकको बहस शुरु भएको थियो। न्यायाधीश राजेशकुमार काफ्लेको इजलासमा गुरुङका तर्फबाट बुधवार अधिवक्ता रमणकुमार श्रेष्ठ बहस गर्दै सरकारी वकिलले गरेको निरन्तर सुनुवाई र बन्द इजलासको विपक्षमा उभिएका थिए।
घरबेटी गीता खड्काको हत्या योजना सहित गएका दुबै जनाले श्रेष्ठ दम्पत्तिको हत्या गरेको प्रहरीको दावी विपरित यी दुबैले प्रहरीसँगको बयानमा घटनामा आफ्नो संलग्नता अस्विकार गरेका थिए। बुधवारको बयानमा समेत उनीहरुले प्रहरीमा दिएको बयाननै दोहोर्याएका थिए।
दुबै अभियुक्तले घटनामा आफ्नो संलग्नता अस्विकार गरे पनि तत्कालीन अवस्थामा संकलन भएका प्रमाण, बरामद खुकुरी, यी दुबैलाई देख्ने प्रत्यक्षदर्शी र घटनाताका काटिएको मनराजको हातको खत आदि प्रमाणको आधारमा प्रहरीले यी दुबैलाई अभियुक्त बनाएको हो।
प्रमेशले जन्मकैद पाएको गोलढुंगा हत्या घटनाको प्रकृति र रानीबारी हत्याको प्रकृति दुबै समान प्रकृतिको हुनुलाई समेत अभियोगमा प्रमाणको रुपमा प्रस्तुत गरिएको छ। यी दुबैले २ लाख रुपैंया पाएर गीताको हत्या गर्न गएको अभियोगपत्रमा उल्लेख भए पनि उनीहरुलाई सो रकम कसले दिएको हो सो भने अझै खुलेको छैन।
गीताको हत्याका लागि पैसा दिने र बीचमा समन्वय गरेका ब्यक्तिबारे जानकारी आए पनि उनीहरु मुलुकबाहिर रहेकाले प्रहरीले उनीहरु पक्राउ परेको अवस्थामा पुरक अभियोग पत्र पेश गर्ने उल्लेख गरेझै अभियोगपत्रमा यी दुईजनालाई मात्र अभियुक्त बनाइएको छ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा