लन्डन । बेलायतका विभिन्न शहरमा हुन गइरहेको नववर्ष शुभकामना सांझ २०७२ का लागि चल्तीका कलाकार बेलायत आउने भएका छन् । युवा पुस्तामाझ लोकप्रिय कलाकारहरु नायिका प्रियंका कार्की, गायिका अन्जु पन्त र आधुनिक एवं लोकगायक शिव परियार यूके आउन लागेका हुन् । कार्यक्रम आयोजकमध्ये एक वीरेन खड्काले तीनै जना कलाकारको भिसा लागिसकेकाले उनीहरु अप्रिल अन्तिम साता लन्डन उत्रने जानकारी दिए ।
वीरेन खड्का, गणेश गुरुङ र जीवन अधिकारीको संयुक्त पहलमा कार्यक्रम हुन लागेको हो । खड्का सम्मिलित गत वर्षको मह यात्रा बेलायतमा अत्यधिक रुचाइएको थियो । ‘हामीले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिन चर्चित कलाकार ल्याउने निर्णय गरेका हौं’, खड्काले भने, ‘आजकल प्राय शो मुनाफा केन्द्रित भइरहेका र पहिले भनिएका कलाकार नआउने परिपाटीबीच हामी उत्कृष्ट शो दिन लागिरहेका छौं ।’
नववर्ष शुभकामना सांझको पहिलो शो आगामी २ मेमा अल्डरसटस्थित प्रिन्सेस् हलमा हुने तय भएको छ । दोश्रो शो ऊलवीचको न्यू वाइन चर्च हलमा ३ मेमा हुंदैछ । त्यसैगरि, ग्रीनफोर्ड टाउन हलमा ९ मे र अन्तिम शो फोकस्टोन केन्टमा १० मे मा हुने आयोजकले जनाएका छन् ।
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
विचार : सहजताको मूल्य र गोपनीयता