लन्डन । बेलायतका विभिन्न शहरमा हुन गइरहेको नववर्ष शुभकामना सांझ २०७२ का लागि चल्तीका कलाकार बेलायत आउने भएका छन् । युवा पुस्तामाझ लोकप्रिय कलाकारहरु नायिका प्रियंका कार्की, गायिका अन्जु पन्त र आधुनिक एवं लोकगायक शिव परियार यूके आउन लागेका हुन् । कार्यक्रम आयोजकमध्ये एक वीरेन खड्काले तीनै जना कलाकारको भिसा लागिसकेकाले उनीहरु अप्रिल अन्तिम साता लन्डन उत्रने जानकारी दिए ।
वीरेन खड्का, गणेश गुरुङ र जीवन अधिकारीको संयुक्त पहलमा कार्यक्रम हुन लागेको हो । खड्का सम्मिलित गत वर्षको मह यात्रा बेलायतमा अत्यधिक रुचाइएको थियो । ‘हामीले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिन चर्चित कलाकार ल्याउने निर्णय गरेका हौं’, खड्काले भने, ‘आजकल प्राय शो मुनाफा केन्द्रित भइरहेका र पहिले भनिएका कलाकार नआउने परिपाटीबीच हामी उत्कृष्ट शो दिन लागिरहेका छौं ।’
नववर्ष शुभकामना सांझको पहिलो शो आगामी २ मेमा अल्डरसटस्थित प्रिन्सेस् हलमा हुने तय भएको छ । दोश्रो शो ऊलवीचको न्यू वाइन चर्च हलमा ३ मेमा हुंदैछ । त्यसैगरि, ग्रीनफोर्ड टाउन हलमा ९ मे र अन्तिम शो फोकस्टोन केन्टमा १० मे मा हुने आयोजकले जनाएका छन् ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै