लन्डन । नेपाली कांग्रेसको महाधिवेशन तिथी नजिकिंदै गर्दा क्रियाशिल सदस्यता वितरणले गति लिएको छ । यसै क्रममा नेपाली जनसम्पर्क समिति बेलायतको क्रियाशील सदस्यतासमेत जारी भएको छ । कांग्रेस पार्टीका मुख्य सचिव ऋषिकेश तिवारीले शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा बेलायत जनसम्पर्क समितिका सभापति चेतनाथ खनाललाई ५ सय ४५ नवीकरणका निम्ति र दुई हजार नयां क्रियाशील सदस्यता हस्तान्तरण गरेका हुन् । कांग्रेस महाधिवेशन आगामी भदौ २४ देखि २८ गतेसम्म काठमाण्डौंमा हुने तय भएको छ ।
हस्तान्तरण कार्यक्रममा संगै रहेका नेपाल विद्यार्थी संघ, बेलायतका सभापति उमेश भण्डारीले क्रियाशील सदस्यता वितरण गर्नका निम्ति बेलायत समितिका दुई सभापति चेतनाथ खनाल र लोक गुरुङको संयोजकत्वमा एक सदस्यता वितरण कमिटी गठन गरिएको जनाए । बेलायतमा खनाल र गुरुङ पक्षीय दुई समिति छन् । विभाजित दुई समितिको एकीकरण प्रयास थालिएपनि अझै छिन्न भिन्न अवस्थामा छ ।
विवादकै कारण संगठनका क्रियाकलाप शुन्य प्राय छ ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी