काठमाडौं। चार दिनदेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गए रातिदेखि सञ्चालन भएपछि विमानस्थल आइतबार दिनभर व्यस्त रहेको छ। बुधबार अवतरणका क्रममा टर्किस एयरलाइन्सको विमान दुर्घटना भएपछि अवरुद्ध धावनमार्ग खुलेलगत्तै विमानस्थलमा उडान र अवतरणको चाप बढेको छ।
विमानस्थल सञ्चालनमा आएलगत्तै गएराति मात्रै १५ अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान र अवतरण गर्न भ्याए भने आज दिनभरी पनि थुपै्र विमानको उडान र अवतरणको तालिका भए पनि सबैले सहज रुपमा उडान र अवतरण गर्न सकेका छैनन्। यसकारण आइतबार दिनभरी विमानस्थलको धावनमार्ग, पार्किङस्थल र ट्याक्सी वेमाविमान भरिएका थिए भने आकाशमा पनि कैयौँ विमान होल्डिङ (प्रतिक्षा) मा देखिन्थे।
चौबिसै घण्टा खुला राखिएको विमानस्थलमा आज बिहान ६ बजेसम्म १५ वटा र आजदिनभरमा ३८ वटा विमानले अन्तर्राष्ट्रिय सेवाबाट उडान र अवतरण गरेको विमानस्थल नागरिक उड्डयन कार्यालयका उपनिर्देशक टेकनाथ सिटौलाले बताए।
हाल विमानस्थलमा पार्किङ र ट्याक्सी वेको कम क्षमताका कारण पनि उडान र अवतरणमा व्यवस्थापन गर्न कठिनाई परेको छ । विमानस्थलमा हाल एकपटकमा नौवटाजहाज मात्रै पार्किङ गर्नसक्ने क्षमता रहेको र थप वृद्धि गर्ने योजनामाआफूहरु रहेको उनले जानकारी दिए। दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको टिके ७२६ नं. को विमानलाई आवश्यक ह्याङ्गरमा पुरयाउन नसक्दा केही अवरोध देखिएको सो कार्यालयले जनाएको छ । सो जहाज हाल ट्याक्सी वेमा रहेको छ।
विमानस्थल खुलेलगत्तै आइतबार बिहान ६ बजेसम्म १५ उडान र अवतरणबाट करिब तीनहजार यात्रुले यात्रा गरेका थिए भने आज दिनभरमा करिब आठ हजारले यात्रा गरेपनि अझै हजारौँ यात्रु उडानको पर्खाइमा छन्।
विमानस्थल खुलेपछि यही फागुन २७ गते बिहान ६ बजेसम्मका लागि चौबिसै घण्टाविमानस्थल सञ्चालन गरिने नागरिक उड्डयन कार्यालयका प्रबन्धक पूर्णप्रसाद चुडालले जानकारी दिए।
विमानस्थल अबरुद्ध हुँदा बढेको यात्रुको चापलाई व्यवस्थित गर्न चौबिसैघण्टा उडान–अवतरणको व्यवस्था मिलाउन सो व्यवस्था लागू गरिएको हो । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल चारदिन अर्थात ८४ घन्टा अवरुद्ध भएको थियो।
विमानस्थल अवरुद्ध हुँदा २४ हजार ३०० यात्रु उडानको प्रतिक्षामा रहेका थिए भने त्यत्तिकै सङ्ख्यामा विभिन्न मुलुकका विमानस्थलबाट यात्रु काठमाडौँ आउने तयारीमा बसेका थिए । विमानस्थलमा दैनिक ४० वटा अन्तर्राष्ट्रिय उडानहुने र सोही सङ्ख्यामा अवतरण हुने हुँदा औसतमा दैनिक रु एक करोड भन्दा बढी घाटा भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल