
एनपीसीसी जर्मनीको अधिवेशन २७ जुनमा
लन्डन । नेपाली जनसम्पर्क समिति (एनपीसीसी), जर्मनीको तेश्रो अधिवेशन आगामी २७ जुनमा फ्रयांकफोर्टमा हुने भएको छ ।
जर्मनीको बोखुम शहरमा मार्च एक तारिखका दिन समितिका अध्यक्ष शरण केसीको अध्यक्षतामा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले अप्रिल १५ भित्र क्रियाशिल सदस्यता बांडिसक्ने निर्णय गर्दै यसका लागि दश सदस्यीय कमिटी बनाएको छ । बैठकले समितिका अध्यक्ष शरण केसीको संयोजकत्वमा आयोजक मुल तयारी समिति र पुष्प थापाको संयोजकत्वमा तीन सदस्यीय विधान समिति गठन गरेको छ । विधान समितिमा महामन्त्रीद्धय टंक लम्साल र विजय मोक्तान समेत छन् ।
बैठकले दिल गुरुङको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति र महामन्त्री टंक लम्सालको संयोजकत्वमा आर्थिक कमिटी गठन गर्ने निर्णय गरेको अध्यक्ष केसीले जनाए ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति
फेसबुक