बुधबार, कार्तिक ५ २०७७ | Wed, October 21, 2020
नेपालको समय: ०२:०५ | UK Time: 21:20

न्युजिल्यान्डमा काँग्रेसको नेपाली जनसम्पर्क समिति गठन  

वीनेपाली
२०७१ फागुन १० गते २२:०३
नवनिर्वाचित अध्यक्ष घिमिरे

नवनिर्वाचित अध्यक्ष घिमिरे

 

न्युजिल्याण्ड । नेपालीहरुको अतिकम बसोबास भएको र नेपालदेखि धेरै टाढा रहेको न्युजिल्यान्डमा हालै नेपाली काँग्रेसको भातृ संस्था नेपाली जनसम्पर्क समिति न्युजिल्यान्ड गठन गरिएको छ ।

नेपाल आयुर्बेद चिकित्सक संघका राष्ट्रिय अध्यक्ष डा शंकरप्रसाद पौडेलको उपस्थिति र बुद्धिसागर घिमिरेको संयोजकत्वमा गठित ११ सदस्सीय तदर्थ समितिको उपाध्यक्षमा एनपी नेपाल र ध्रुव खनाल कोषाध्यक्षमा श्रीमती अनिता बराल र सचिवमा अभय पौडेल तथा सदस्यहरुमा प्रकाश श्रेष्ठ, विवेक भण्डारी, सन्तोष दाहाल, दिपेन्द्र  घिमिरे, श्रीमती साधना घिमिरे र गोकुल भण्डारी रहेका छन् ।

त्यस्तै सल्लाकार समितिमा कमल वाइबा,  बिष्णु रेग्मी, सुमन अधिकारी, नेत्र सापकोटा, शुभास भण्डारी रहेका छन्। सो अवसरमा बोल्दै डा पौडेलले नेपालको राजनीतिक परिस्थिति र नेताहरुको चरित्र संगठन विस्तारमा आइपर्ने अप्ठ्याराहरुको बारेमा चर्चा गर्दै झिना मसिना कुराहरुलाई बिर्सेर संगठन बिस्तारमा लाग्नुपर्नेमा जोड दिए ।

संयोजक घिमिरेले प्रतिकुल स्वास्थको बाबजुद पनि आफ्नो निमंत्रणा स्विकारी आइदिनुभएकोमा पौडेल दम्पतिप्रति आभार ब्यक्त गर्दै उपस्थित महानुभावलाई धन्यवाद दिएका थिए ।

सचिव अभय पौडेलले देश संक्रमणकालिन अबस्थामा रहेको र एउटा व्यवस्थाबाट अर्को स्थापित भइ नसकेको समयमा नेताहरुलाई गलत बाटोमा हिड्नबाट सजग गराउनमा युवाहरुको भूमिका रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक