अल्डरसट । लामो तिक्तता र विवाद समाधान गर्ने ठानिएको एनआरएनए यूकेको विशेष साधारणसभा अल्डरसटस्थित कन्नट स्कुलमा जारी छ । साधारणसभा शुरु भएको करिब ५ घण्टा वितिसक्दा पनि मुल एजेण्डामा भने प्रवेश गर्न विलम्ब भएको छ । एनआरएनए आइसीसीको निर्देशन बमोजिम नेतृत्व हस्तान्तरणसहित तीनवटा मात्र एजेण्डा साधारणसभाको भएपनि प्रयोजन बाहिर सभा केन्द्रित छ । उद्घाटन सत्र सकिएपछि शुरु बन्द सत्रमा संस्थापन पक्षले तेश्रो काउन्सिल बैठकको घोषणापत्र पढेर सुनाउंदै फेरि पारित गर्न प्रस्ताव गरेपछि अध्यक्षको नेतृत्व लिन आतुर महेन्द्र कंडेल समूहले त्यो पुरानो प्रसंग भएकाले अहिले जरुरी नभएको भन्दै प्रतिवाद गर्यो ।
यस अलावा, संस्थाको विधानमा पूर्व अध्यक्षहरु सम्मिलित संरक्षक परिषद बनाउन गरिएको प्रस्ताव सर्वसम्मत पारित भएको छ । तर, मेजर डमर घलेलाई प्रमुख संरक्षक बनाउन राखिएको प्रस्तावमा महेन्द्र कंडेल पक्षले अस्वीकार गरेपछि घले स्वयंले पद अहिले नै नलिने घोषणा गरेर एउटा उदाहरण प्रस्तुत गरेका छन् ।
सदस्यहरुले कार्यसमिति भन्दा अध्यक्ष मण्डल माथि नहुने आक्रोश व्यक्त गरेपछि सल्लाहकारहरु सम्मिलित अध्यक्ष मण्डलका संयोजक भक्त गुरुंगले समाधानको विन्दूमा पुर्याउने दायित्व सहज नभएको स्पष्टिकरण दिंदै विवाद नगर्न आग्रह गरे । बन्द सत्र अध्यक्ष मण्डलका संयोजकले सञ्चालन गर्नुपर्ने माग उठेपछि संस्थाका महासचिव योगकुमार फगामी र सचिव संगिता मरहट्ठाले माइक छाडे भने अध्यक्ष मण्डल अहिले मञ्चमा आसिन छ ।
साधारणसभामा युवा सदस्यहरुले एनआरएनए धनाढ्यको मात्र भएको र ग्रासरुटसम्म नपुगेको भन्दै आक्रोश पोखेका छन् । तर, विना प्रसंग मञ्च गएर माइकबाट आ आफ्ना तर्क समेत आउन थालेपछि हल तातेको छ । संस्थापन पक्षका युवाले अध्यक्ष मण्डलका संयोजकबाट माइक लिएर हलमा विना प्रासंगिक बखेडा झिकेका छन् ।
नेतृत्व हस्तान्तणको मुल काम सम्पन्न हुन अझै समय लाग्ने देखिएको छ भने कतिपयमा नेतृत्व हस्तान्तरण हुने नहुने अन्यौलता समेत व्याप्त छ ।
यसअघि, उद्घाटन सत्रमा एनआरएनए अगुवाहरुले आपसी तिक्तता र विवादले समाज विभाजित हुनेमा जोड दिंदै एकतामा जोड दिएका थिए ।
उद्घाटन सत्रमा प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, विशेष अतिथी एनआरएनए आइसीसी महासचिव कुमार पन्त, विशेष अतिथी एनआरएनए युरोप संयोजक अर्जुनकुमार श्रेष्ठ, आइसीसी संरक्षक क्या. रि. हितमान गुरुंग, एनआरएनए यूके संरक्षक डमर घले, संरक्षक सूर्य गुरुंग, आइसीसी सल्लाहकारहरु हेमराज शर्मा, विश्व आदर्श पण्डित, एनआरएनए यूके आइसीसी सदस्य थर्क सेन, आदिवासी जनजाति महासंघ, बेलायत अध्यक्ष श्री लिम्बु, दूतावासका मिलिट्री अट्याची प्रदीपजंग केसी लगायतले शुभकामना मन्तव्य दिए भने कोषाध्यक्ष दासुराम पाण्डेले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा सञ्चारकर्मीहरु, संस्थाका सदस्यहरु र अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]