लण्डन । बेलायतमा नेपालीहरुद्वारा स्थापित पहिलो नेपाली मन्दिर पशुपतिनाथ मन्दिर प्लम्स्टिडमा हिन्दुहरुको महान पर्व शिवरात्री विशेष पूजाआजासहित भब्य रुपमा मनाइएको छ ।
साउथ लण्डनस्थित मन्दिर परिसरमा बिहान ७ बजेदेखि नै स्थानिय नेपाली समुदायका भक्तालुहरुको घुईचो लागेको थियो ।
पण्डितद्वय निलहरी घिमिरे तथा विनोद पन्थीद्वारा रुद्राभिषेक सहितको पूजा प्रारम्भपछि दिनभरि नै पूजाआजा निरन्तर संचालन गरिएको थियो । प्रात, मध्यान्ह र सन्ध्यामा गरी तीन पटक पूजा सहितको विशेष आरती सम्पन्न भएको थियो । बीचबिचमा शिव महिमाको सत्संग र भजन किर्तन पनि गरिएको थियो भने साँझको आरति पछिको भजन किर्तनमा भक्तालुहरु नाचगानमा झुमेका देखिन्थे ।
मन्दिर संचालन समितिका अध्यक्ष होम शर्माले बिहान ७ बजेदेखि राति अबेरसम्म सयकडौ दर्शनार्थीहरु सहभागी भएको जानकारी दिए । “अहिलेको भवनको सुरक्षा प्रवन्ध सहितको केही मर्मतसम्भारसंगै पूजा हलको बिस्तार गर्नाले ठूलो संख्यामा भक्तजनहरुलाई एकै समयमा पनि स्वागत गर्न सकियो”, उनले भने ।
यस अवसरमा मन्दिर समितिका पदाधिकारीका साथै स्थानीय समाजसेवी, ब्यवसायी लगायतका सर्वसाधारणहरु स्वयम् व्यवस्थापनमा खटेका थिए ।
विश्वभरका हिन्दुहरुले विशेष रुपमा भगवान शिवको पूजा आराधना एवम् उपवास गरेर मनाउने गरेको महाशिवरात्री पर्व बेलायतका नेपाली बस्ती भएका अन्य क्षेत्र अल्डरसट, बर्मिङ्घम , वेम्ली लगायतका स्थानका स्थानीय मन्दिरहरुमा पनि भब्य रुपमा सम्पन्न भएको बताइएको छ ।
बेलायतका नेपालीहरूले शिवरात्रिको शुभकामना तथा आफ्ना धार्मिक गतिविधिहरु फेशबुक लगायतका सामाजिक संजालमा पनि उल्लेख्य रुपमा छरपस्ट पारेका थिए ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी