बेलायतमा मनाइयो नेपाली जनयुद्ध दिवश  

10984281_1418119485153678_198777126072097977_n
लण्डन ।  बेलायतमा रहेका नेपाली माओबादी समर्थकहरुले संयुक्त रुपमा नेपाली जनयुद्ध दिबश मनाएका छन् ।
बेलायतको एल्थामस्थित याक एण्ड यति रेस्टुरेन्टमा भएको सो कार्यक्रमको सभापतित्व नेपाली जनएकता समाज बेलायतका संयोजक पूर्ण लोक्समले गरेका थिए भने नबिन सापकोटाले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा-माओबादीकी केन्द्रिय सदस्य श्रीमती शोभा कट्टेलले सबै माओवदी नेतृत्वले गम्भीर आत्मसमीक्षा गर्दै हिजो जनतासंग गरिएका बाचाहरु पूरा गर्नको लागि सबैले आ-आफ्नोतर्फ बाट लागि पर्नुपर्ने बताइन् । जनयुद्धका उकाली ओरालीका यथार्थता र भोगाइ सुनाइरहँदा सभा हल  स्तब्ध भयको थियो । विचार, नीति र कार्ययोजना सही बनाएर सबै मिलेर जानुपर्ने उनको सुझाव थियो ।
कार्यक्रमका विषेश अतिथि तथा नेपाली जनएकता समाज बेलायतका सचिव सुरेन्द्र श्रेष्ठले नेतृत्वलाई दोष लगाएर पन्छन नमिल्ने बरु अब सबै माओबादी मिलेर अघि बढे मात्रै हिजको जनयुद्धको मर्म र जनभावनालाई कदर गरेको  ठहरिने बताए । वेलायतबाट आफूहरुले सो कार्य शुरु गरेको उनले थपे ।
अर्का अतिथि एनआरएनए युकेका अध्यक्ष महेन्द्र कंडेलले माओवादी आन्दोलनको समीक्षा र यहाँ बेलायतमा रहेका विभिन्न सामाजिक संघ सस्थाहरुमा हाम्रो भूमिका बारेमा चर्चा गरेका थिए । एनआरएनए युकेको विगत र भविय्यका लागि यहाँ रहेका माओबादी समर्थकहरुले खेल्नु पर्ने भूमिकामाथि पनि उनले प्रकाश पारेका थिए । अर्का अतिथि सुरेश गौतमले सबै माओबादी मिल्नुको बिकल्पै नरहेकोमा जोड दिँदै जनयुद्धका महान योद्धा र सहिदहरुप्रति सम्मान प्रकट गर्दै आजको बिश्व सुहाउँदो कार्यक्रम र नीति तर्जुमा गरी अघि बढ्नु पर्ने बताए ।
कार्यक्रममा हरि पौड्याल, फुलप्रसाद कंडेल, सन्तोष तिवारी, ठाकुर शर्माले जनयुद्धको समीक्षा गर्दै आ आफ्नो धारणा प्रस्ततु गरेका थिए ।
कार्यक्रमका सभापति पूर्ण लोक्समले सबै माओबादीले गम्भीर आत्मसमीक्षा गर्दै हिजोको जनयुद्ध र जनभाबनालाइ कदर गर्दै सबै मिलेर नै अघि बढ्नु पर्नेमा जोड दिए । वर्तमान संबिधान सभाबाट जनताले चाहे जस्तो संबिधान कुनै पनि हालतमा नबन्ने हुनाले त्यहाँ बसिरहनु पर्ने औचित्य नरहेको जिकिर उनले गरे ।
नेपाली जनएकता समाज बेलायतका जुझारु युवा मचरा गोर्खालीले कार्यक्रम संचालन गरेका थिए ।
फागुन १ गतेको दिनलाई नेपाली माओबादीहरुले नेपाली जनक्रान्तिको ऐतिहासिक दिनको रुपमा मनाउँदै आएका  छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री