
लन्डन । नेपाली व्यवस्थापनमा सञ्चालित साउथ लण्डन कलेजको लाइसेन्स खारेज गर्ने यूके भिजा एण्ड इमिग्रेसन्स् (यूकेभिआइ) को निर्णय लागू नगर्न उच्च अदालतले आदेश दिएको छ ।
अदालतले बिहीबार कलेजको लाइसेन्स खारेजीको निर्णय स्थगित गर्न यूकेभिआइका नाममा आदेश जारी गरेको हो । हाई कोर्टकी न्यायधिश एलिजावेथ लेइङ डिबीईले जारी गरेको आदेशमा कलेजमा अध्ययनरत सबै अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो पढाइलाई निरन्तरता दिन पाउने उल्लेख गरिएको कलेजले एक विज्ञप्तिमार्फत जनाएको छ । विद्यार्थीले यसअघि प्राप्त गरेको भिजा यूकेभिआइले रद्द समेत गर्न नपाउने स्पष्ट पारिएको छ । कलेजले गत महिना हाई कोर्टमा मुद्दा दायर गरेको थियो ।
हाई कोर्टले ‘स्टे अर्डर’ जारी गरेपछि कलेज अब नियमित सुचारु हुने व्यवस्थापनले जनाएको छ ।
कलेज सुचारु हुने भएपछि त्यहां अध्ययनरत सयौं नेपाली विद्यार्थी लाभान्वित हुने अपेक्षा छ । यसअघि ६० दिनभित्र अर्को कलेज भर्ना हुन वा स्वदेश फर्कन यूकेभिआइले पत्र काटेको थियो ।
अदालतको निर्णयलाई कलेजले स्वागत गरेको छ । कलेजका कार्यकारी निर्देशक राजन कंडेलले भने, ‘हाई कोर्टको प्रारम्भिक आदेशबाट हामी खुशी छौं, आशा छ अदालतले पुरै न्याय दिलाउनेछ ।’ उनले पूर्ण रुपमा कलेजको हाइली ट्रस्टेड लाइसेन्स फिर्ता गराउने प्रक्रिया अब थप सजिलो भएको भन्दै आफूहरु त्यसैमा केन्द्रित हुने बताए ।
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ