
लन्डन । नेपाली व्यवस्थापनमा सञ्चालित साउथ लण्डन कलेजको लाइसेन्स खारेज गर्ने यूके भिजा एण्ड इमिग्रेसन्स् (यूकेभिआइ) को निर्णय लागू नगर्न उच्च अदालतले आदेश दिएको छ ।
अदालतले बिहीबार कलेजको लाइसेन्स खारेजीको निर्णय स्थगित गर्न यूकेभिआइका नाममा आदेश जारी गरेको हो । हाई कोर्टकी न्यायधिश एलिजावेथ लेइङ डिबीईले जारी गरेको आदेशमा कलेजमा अध्ययनरत सबै अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो पढाइलाई निरन्तरता दिन पाउने उल्लेख गरिएको कलेजले एक विज्ञप्तिमार्फत जनाएको छ । विद्यार्थीले यसअघि प्राप्त गरेको भिजा यूकेभिआइले रद्द समेत गर्न नपाउने स्पष्ट पारिएको छ । कलेजले गत महिना हाई कोर्टमा मुद्दा दायर गरेको थियो ।
हाई कोर्टले ‘स्टे अर्डर’ जारी गरेपछि कलेज अब नियमित सुचारु हुने व्यवस्थापनले जनाएको छ ।
कलेज सुचारु हुने भएपछि त्यहां अध्ययनरत सयौं नेपाली विद्यार्थी लाभान्वित हुने अपेक्षा छ । यसअघि ६० दिनभित्र अर्को कलेज भर्ना हुन वा स्वदेश फर्कन यूकेभिआइले पत्र काटेको थियो ।
अदालतको निर्णयलाई कलेजले स्वागत गरेको छ । कलेजका कार्यकारी निर्देशक राजन कंडेलले भने, ‘हाई कोर्टको प्रारम्भिक आदेशबाट हामी खुशी छौं, आशा छ अदालतले पुरै न्याय दिलाउनेछ ।’ उनले पूर्ण रुपमा कलेजको हाइली ट्रस्टेड लाइसेन्स फिर्ता गराउने प्रक्रिया अब थप सजिलो भएको भन्दै आफूहरु त्यसैमा केन्द्रित हुने बताए ।
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह