लन्डन । करिब ५४ लाख जनसंख्या रहेको बेलायतको एउटा पर्यटकीय राज्य स्कटल्याण्डमा नेपाली ५ हजार पुग नपुग छन् । यो मध्ये एवरडिन शहरमा करिब चारसय नेपाली रहेको अनुमान छ । तर, थोरै नेपालीले स्कटल्याण्डमा पकड भने बलियो बनाएका छन् ।
स्थानीय सरकारसंग सामिप्यता र समायोजनका लागि पुल बनेको हो च्यारिटी संस्था अर्गनाइजेशन फर नेपलिज कल्चर एण्ड वेलफेयर (ओएनसिडब्लु) । सन् २०१० मा स्थापित उक्त संस्थाले छाटो समयमै सरकारको मन जितेको हो ।
स्कटिस सरकारको ‘वान स्कटल्याण्ड’ अर्थात विविधता रहेको स्कटल्याण्डभित्र समानता प्रत्याभूति दिलाउन ल्याइएको एउटा अभियानमा समेत ओएनसिडब्लुको अग्रसरतालाई स्थानीय सरकारले प्रशंसा गरेको छ । ओएनसिडब्लुका संस्थापक अध्यक्ष दीपेश रेग्मीलाई दूतकै रुपमा मान्नेहरु पनि छन् यहां ।
क्याबिनेट मन्त्रीले नेपाली समुदायलाई बोलाएरै समायोजनका लागि नेपालीले निर्वाह गरिरहेको भूमिकाको खुलेर प्रशंसा गरे । ‘समुदायमा कुनै किचलो नभएको तपाईंहरु नै पायौं’ क्याबिनेट मन्त्रीको भनाई उधृत गर्दै रेग्मीले सुनाए ।
जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि स्कटल्याण्डस्थित नेपाली समुदायले पछिल्लो पटक उल्लेख्य काम गरेको छ । स्कटिस सरकारले सामुदायिक कार्वन न्यूनीकरण योजनाका लागि ओएनसीडब्लुलाई करिब ३० हजार पाउण्ड सहयोग गरेपछि संस्थाले पछिल्लो एक वर्ष उदाहरणीय काम गरिदिएको रेग्मीको दावी छ ।
यसै अभियान अन्तर्गत संस्थाले नेपाली बस्ने ४० घरमा गएर उर्जा सञ्चयका विकल्प के हुन सक्छन् त्यो बारे पनि सचेतना कार्यक्रम गर्यो । करिव डेढ दर्जन साइकल बांडेर वातावरणीय प्रभावबारे जनचेतना होस् वा कार्वन इमिसन न्यून गर्न कसरी सवारी साधन चलाउने भन्नेबारे होस्, संस्थाले थोरै जनशक्तिबीच उल्लेख्य काम गरेको रेग्मी बताउंछन् ।
स्वास्थ्य जीवनशैली अपनाउन प्रेरित गर्ने सरकारको एउटा कार्यक्रम ‘पाथ फर अल’ मा समेत ओएनसिडब्लुले सक्रियता देखाएको थियो ।
स्कटल्याण्ड सरकारको इथ्नीक माइनोरिटी (अल्पसंख्यक जाती) लाई प्रतिनिधित्व गर्ने आधिकारीक संस्था बिमिसले समेत रेग्मीको सर्हाहना गरेको छ । बिमिसका प्रवक्ताकै शब्दमा रेग्मीले स्कटिस समुदायलाई एकजुट गराउन खेलेको भूमिका प्रशंसा गर्न लायक छ । बिमिसकै सहयोगमा ओएनसीडब्लुले स्थानीय विभिन्न समुदायका वालवालिकाबीच चित्रकला प्रतियोगिता समेत गर्यो ।
बेला बेला नेपाली कला संस्कृति झल्कने कार्यक्रम त संस्थाको क्यालेण्डरमै छ । ‘हामी थोरै नेपालीले सानै प्रयासमा भएपनि गर्न सकिने धेरै उपाय छन्, केवल हामीलाई इच्छाशक्ति जरुरी छ’–जांदाजांदै रेग्मीले वीनेपालीसंग भने ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश