लण्डन । गोरखा सैनिकहरुको ब्यारेक तथा बसोबास रहेको युकेको उत्तरी क्षेत्र क्याट्रिकमा बौद्ध विहार स्थापना गरिएको छ ।
क्याट्रिक ब्यारेकभित्र स्थापना गरिएको सो विहारको ब्रिगेड अफ गोरखाजका कर्णेल जेम्स रोविन्सनले रिवन काटी सोमबार उद्घाटन गरे ।
विहारमा नेपालबाट भगवान बुद्ध, डोल्मा तारा र गुरु पद्मसम्भवको मूर्ति लगायत अन्य सामग्री नेपालबाट ल्याइएको हो ।
गोरखा कम्पनीका सैनिकहरुले आफूमा भएको सीप प्रयोग गरी सो विहार निर्माण गरेका हुन् ।
सो अवसरमा रोयल गोरखा राइफल्स, इन्फेन्ट्री बटालियनका मेजर डमरबहादुर शाहीले नयाँ भर्ती भएका गोरखाहरुको उपहारस्वरुप सो विहार बनेको बताए ।
“अहिले भर्ती भएका गोरखाहरु १७ देखि २१ वर्ष उमेरका छन् र उनीहरुमध्ये धेरै पहिलोपटक युके आएका छन्” शाहीले भने ।
“उनीहरुको ३९ साताको तालिम पूरा हुन अब चार हप्तामात्र बाँकी छ । सो तालिम पूरा भएपछि उनीहरु लजिस्टिक, इन्जिनियर र सिग्नल छान्न पाउने छन्” शाहीले भने ।
विहार सामाजिक तथा धार्मिक गतिविधिका लागि प्रयोग हुने गरेको छ । तालिमका दौरानमा गोरखाहरुले विहारमा बौद्ध धर्मगुरुसित ब्रिटिश सेनाको मूल्य मान्यताबारे कक्षा लिने गर्दथे ।
विहार उद्घाटन समारोहमा करिब ३०० गोरखाहरुको उपस्थिति रहेको थियो ।
ब्रिटिश सेनामा पहिले धार्मिक स्वतन्त्रता थिएन ।
सबै सैनिकहरुलाई हिन्दु बन्न बाध्य पारिन्थ्यो । नेपाल फर्कदा उनीहरु अपवित्र भएको र अभक्ष खाएको ठानी पतिया गरेर मात्र भित्र्याइने गरिन्थ्यो । तर केही वर्षदेखि पल्टनभित्र हिन्दू धर्मका अलाबा बौद्ध धर्म पनि मान्न दिइएको छ । हिन्दू पुजारीका साथै बौद्ध लामाहरुलाई पनि बेलायती सेनामा भर्ती गर्ने गरिएको छ ।
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता