लण्डन । गोरखा सैनिकहरुको ब्यारेक तथा बसोबास रहेको युकेको उत्तरी क्षेत्र क्याट्रिकमा बौद्ध विहार स्थापना गरिएको छ ।
क्याट्रिक ब्यारेकभित्र स्थापना गरिएको सो विहारको ब्रिगेड अफ गोरखाजका कर्णेल जेम्स रोविन्सनले रिवन काटी सोमबार उद्घाटन गरे ।
विहारमा नेपालबाट भगवान बुद्ध, डोल्मा तारा र गुरु पद्मसम्भवको मूर्ति लगायत अन्य सामग्री नेपालबाट ल्याइएको हो ।
गोरखा कम्पनीका सैनिकहरुले आफूमा भएको सीप प्रयोग गरी सो विहार निर्माण गरेका हुन् ।
सो अवसरमा रोयल गोरखा राइफल्स, इन्फेन्ट्री बटालियनका मेजर डमरबहादुर शाहीले नयाँ भर्ती भएका गोरखाहरुको उपहारस्वरुप सो विहार बनेको बताए ।
“अहिले भर्ती भएका गोरखाहरु १७ देखि २१ वर्ष उमेरका छन् र उनीहरुमध्ये धेरै पहिलोपटक युके आएका छन्” शाहीले भने ।
“उनीहरुको ३९ साताको तालिम पूरा हुन अब चार हप्तामात्र बाँकी छ । सो तालिम पूरा भएपछि उनीहरु लजिस्टिक, इन्जिनियर र सिग्नल छान्न पाउने छन्” शाहीले भने ।
विहार सामाजिक तथा धार्मिक गतिविधिका लागि प्रयोग हुने गरेको छ । तालिमका दौरानमा गोरखाहरुले विहारमा बौद्ध धर्मगुरुसित ब्रिटिश सेनाको मूल्य मान्यताबारे कक्षा लिने गर्दथे ।
विहार उद्घाटन समारोहमा करिब ३०० गोरखाहरुको उपस्थिति रहेको थियो ।
ब्रिटिश सेनामा पहिले धार्मिक स्वतन्त्रता थिएन ।
सबै सैनिकहरुलाई हिन्दु बन्न बाध्य पारिन्थ्यो । नेपाल फर्कदा उनीहरु अपवित्र भएको र अभक्ष खाएको ठानी पतिया गरेर मात्र भित्र्याइने गरिन्थ्यो । तर केही वर्षदेखि पल्टनभित्र हिन्दू धर्मका अलाबा बौद्ध धर्म पनि मान्न दिइएको छ । हिन्दू पुजारीका साथै बौद्ध लामाहरुलाई पनि बेलायती सेनामा भर्ती गर्ने गरिएको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी