मंगलबार, माघ ६ २०७७ | Tue, January 19, 2021
नेपालको समय: १३:२० | UK Time: 07:35

स्कटल्याण्डमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि छलफल

वीनेपाली
२०७१ माघ २४ गते १३:५६

1378284_709848245801088_6170134963144461397_n
लन्डन । स्कटल्याण्डको एवरडिन शहरमा नेपाली समुदायले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न सक्ने भूमिकाबारे छलफल गरेका छन् । अर्गनाइजेशन फर नेपलिज कल्चर एण्ड वेलफेयर (ओएनसीडब्लु) ले आयोजना गरेको एक कार्यक्रममा वातावरण परिवर्तनको प्रभाव न्यूनीकरण गर्न नेपाली समुदायले गर्न सक्ने क्रियाकलाप सम्वन्धमा चर्चा गरिएको हो ।
कार्यक्रममा प्रोजेक्ट म्यानेजर डा. दिनेश थापाले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण सम्वन्धमा प्रकाश पारेका थिए भने संस्थाका संस्थापक अध्यक्ष दिपेश रेग्मीले कार्यक्रमका स्वयंसेवकहरुलाई प्रमाणपत्र प्रदान गरे ।
स्कटल्याण्ड सरकारले सामुदायिक कार्वन न्यूनीकरण योजनाका लागि ओएनसीडब्लुलाई सहयोग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक