लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले सञ्चार निर्देशक दीपक मास्केको राजीनामा स्वीकृत नगर्ने जनाएपछि मास्केले गोर्खा आन्दोलन तार्किक निष्कर्षमा पुर्याउने अठोट व्यक्त गरेका छन् ।
गोर्खा सत्याग्रह आन्दोलनले यो उचाईं लिनुमा मास्केको अहम भूमिका रहेको उल्लेख गर्दै समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले सर्वसम्मत रुपमै मास्केको राजीनामा स्वीकृत नगर्ने लिखित जवाफ पठाएका थिए । पछि मास्केले एक विज्ञप्तिमार्फत सत्याग्रहभित्र पुरै आवद्ध नभइ सत्याग्रहको मुल्य, मान्यता र आधारमा रहेर आन्दोलनको परिस्थितिलाई पुनरावलोकन गराउन प्रयास गर्ने बताएका छन् । आफ्नो राजीनामापछि गोर्खा समुदायबाट आएका व्यापक प्रतिक्रिया र राजीनामा फिर्ता गर्न गरेको आग्रह स्वीकार्दै मास्केले सिमित जिम्मेवारीभित्र रहेर आन्दोलन निष्कर्षमा लैजाने जनाएका हुन् ।
मास्केले आन्दोलनको भावी कार्यक्रममा प्रत्यक्ष सहभागी नहुने जनाउंदै लिखित कार्यमा मात्र सिमित हुने प्रष्ट्याए । ब्रिटिश सरकारले हालै गरेको घोषणाप्रति खेद व्यक्त गर्दै मास्केले त्यो हेपाहा र हचुवामा गरिएको निर्णयलाई निष्पक्ष समिति (सेलेक्ट कमिटी) मा पुनरावलोकन गराउन प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । भूपू गोर्खाका वयस्क आश्रितका लागि प्रकाशित नयां नीति झन् अन्योल र अन्यायपूर्ण भएकोले त्यसलाई सरलीकरण गराउन पहलका लागि अध्यागमन मन्त्रीसंग छलफल कार्यक्रम राखी तार्किक आग्रह गर्ने योजना पनि मास्केको छ । यस अलावा कर्णेल हामिस् एडम्स्ले सशक्त ढंगले अगाडि बढाइरहेको गटको मुद्दालाई पूर्ण सहयोग गर्ने उनले जनाएका छन् । मास्केले गोर्खा समुदायले आफूप्रति राखेको अटल विश्वास र शुभेच्छाका लागि धन्यवाद समेत व्यक्त गरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा