लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले सञ्चार निर्देशक दीपक मास्केको राजीनामा स्वीकृत नगर्ने जनाएपछि मास्केले गोर्खा आन्दोलन तार्किक निष्कर्षमा पुर्याउने अठोट व्यक्त गरेका छन् ।
गोर्खा सत्याग्रह आन्दोलनले यो उचाईं लिनुमा मास्केको अहम भूमिका रहेको उल्लेख गर्दै समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले सर्वसम्मत रुपमै मास्केको राजीनामा स्वीकृत नगर्ने लिखित जवाफ पठाएका थिए । पछि मास्केले एक विज्ञप्तिमार्फत सत्याग्रहभित्र पुरै आवद्ध नभइ सत्याग्रहको मुल्य, मान्यता र आधारमा रहेर आन्दोलनको परिस्थितिलाई पुनरावलोकन गराउन प्रयास गर्ने बताएका छन् । आफ्नो राजीनामापछि गोर्खा समुदायबाट आएका व्यापक प्रतिक्रिया र राजीनामा फिर्ता गर्न गरेको आग्रह स्वीकार्दै मास्केले सिमित जिम्मेवारीभित्र रहेर आन्दोलन निष्कर्षमा लैजाने जनाएका हुन् ।
मास्केले आन्दोलनको भावी कार्यक्रममा प्रत्यक्ष सहभागी नहुने जनाउंदै लिखित कार्यमा मात्र सिमित हुने प्रष्ट्याए । ब्रिटिश सरकारले हालै गरेको घोषणाप्रति खेद व्यक्त गर्दै मास्केले त्यो हेपाहा र हचुवामा गरिएको निर्णयलाई निष्पक्ष समिति (सेलेक्ट कमिटी) मा पुनरावलोकन गराउन प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । भूपू गोर्खाका वयस्क आश्रितका लागि प्रकाशित नयां नीति झन् अन्योल र अन्यायपूर्ण भएकोले त्यसलाई सरलीकरण गराउन पहलका लागि अध्यागमन मन्त्रीसंग छलफल कार्यक्रम राखी तार्किक आग्रह गर्ने योजना पनि मास्केको छ । यस अलावा कर्णेल हामिस् एडम्स्ले सशक्त ढंगले अगाडि बढाइरहेको गटको मुद्दालाई पूर्ण सहयोग गर्ने उनले जनाएका छन् । मास्केले गोर्खा समुदायले आफूप्रति राखेको अटल विश्वास र शुभेच्छाका लागि धन्यवाद समेत व्यक्त गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो