
लन्डन । हिजो मंगलबार बिहान लन्डन हिंउले ढाकिएर सेताम्मे थियो । लन्डनमा यसवर्ष पहिलोपटक हिउं परेकाले लन्डनवासी बिहानभर हिउंमा रमाइरहे, केही तस्विरहरु फेसबुकमा छरिन समय लागेन । एक नेपाली जोडीलाई यो मौसमको भन्दा बढ्ता खुशी अर्कै थियो । वैवाहिक सम्वन्ध गांस्ने जीवनकै ठूलो खुशी ।
ह्यारो सिभिक सेन्टरमा ३.३० को बिहे दर्तापछि नवविवाहित त्यो जोडीले आफ्नो वैवाहिक सम्वन्ध गांसिएको खुशी साट्न निकट केही साथीहरुलाई रात्रीभोज ख्वाउने निधो गर्यो, स्थान तय भयो साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेन्ट । नेपालीमाझ परिचित उक्त रेष्टुरेन्टको खाना स्वादिष्ट मात्र होइन, कर्मचारीको आतिथ्य समेत राम्रो हुने सुनेर त्यहां पुगे बेहुला बेहुलीसहितका अतिथीहरु । शुभकामना आदानप्रदान, खाने पिउने क्रम चलिरहंदा हल्का हिंउले चिसिएको मौसम पनि एकाएक तात्यो । खाने पिउने काम सकिएपछि बेहुला बेहुलीसहित ६ जनाको समूह घर फर्कन ‘क्याब’ समेत बोलाइसकेको थियो । यत्तिकैमा रेष्टुरेन्ट सञ्चालक सनत गुरुङले लाष्ट ड्रिङक्स् अफर गरे । कसैले सम्मानले खान अफर गर्छ भने नलिने कुरै भएन ।
पीडितले दिएको बयानका अनुसार, आगो बल्ने एउटा ‘सट’ लिने क्रममा बेहुलीको गाला पोल्न पुग्यो । साथीहरुले आइस लगाइदिए । क्याब आइसकेकाले घर जानुअघि बेहुली ट्वाइलेट जांदै थिइन् । यत्तिकैमा सञ्चालक गुरुङले छोरी म आइस लगाइदिन्छु भनेर लेडिज ट्वाइलेट छिरे र ढोका बन्द गरिदिए । आइस त के ‘किस’ पो मागेछन् उनले । एकछिन अघिसम्म छोरी छोरी भनेका उनले एक्कासी त्यस्तो ‘सेक्युअल एब्युज’ गर्न खोजेपछि ति चेली रुंदै बाहिर आइन् । बेहुलासहित अरु साथी क्याब कुरेर बाहिर बसिरहेका थिए । पछि बेहुलीले आफ्नो कुरा भनेपछि गुरुङलाई सम्झाउंदा भनाभन भयो, हातपात पनि । गुरुङले भान्सामा गएर चक्कु ल्याउंदै ति नवदम्पत्तिको समूहमाथि आक्रमण गरेको र भान्सामा रहेका अरु कर्मचारी समेत ग्राहकमाथि जाइलागेको पीडितको दावी छ । वैवाहिक जीवनको शुरुकै दिन भएको खुशीको त्यो माहोल धेरै टिकेन ।
रेष्टुरेन्ट अब युद्ध मैदानमा परिणत भएपछि प्रहरी आइपुग्यो । प्रहरीले गुरुङलाई समातेर साउथ ह्यारो पुलिस स्टेशनमा राखेको नवदम्पत्तिका एक प्रत्यक्षदर्शी साथीले जनाएकी छिन् ।
‘म आइस लगाइदिन्छु छोरी भनेर मेरो अस्मिता लुट्न खोजियो’, ति बेहुलीको भनाइ उधृत गर्दै साथीले भनिन्, ‘रेष्टुरेन्ट सञ्चालकले नै यस्तो व्यवहार गरेपछि हामीलाई असह्य भएको छ । अब नेपाली संघसंस्थामार्फत हामी सशक्त कदम चाल्नेछौं ।’
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]