लन्डन । नेपलिज क्याटरिङ एसोसिएसन यूकेले आइतबार लन्डन साउथहलस्थित दार्जिलिङ इन रेष्टुरेन्टमा एक सेमिनार आयोजना गरेको छ ।
एसोसिएसन अध्यक्ष विजय थापाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको आफ्नै वेवसाइट लोकार्पण एवं स्पोन्सरसीपको कानुनी प्रावधान र करबारे सेमिनार
गरियो ।
संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक ध्रुव केसीले वेवसाइट सार्वजनिक गर्दै
संस्थाको उद्देश्य र कार्यबारे प्रकाश पारेका थिए । व्यवसायी केसीले रेष्टुरेन्ट व्यवसायलाई आवश्यक जनशक्ति, सामाग्री, हेल्थ एण्ड सेफ्टी, फुड एण्ड हाइजिन र कानुनी सल्लाह जस्ता अति आवश्यक कुरा एउटै छतमुनी उपलव्ध गराउने संस्थाको मुख्य उद्देश्य रहेकोले एकजुट भइ हातेमालो गरि अगाडि बढ्न आवश्यक भइसकेको समेत बताए । बेलायतमा झण्डै तीनसय नेपाली रेष्टुरेन्टलाई प्रतिनिधित्व गर्ने एसोसिएसनले सबैभन्दा उन्नत, भरपर्दो र सहयोगात्मक भावनाले काम
गर्नुपर्नेमा समेत उनले जोड दिए ।
उक्त अवसरमा संस्थाका कानुनी सल्लाहकार सोलिसिटर राजु थापाले वर्क परमिट, स्पोन्सरसीप आदिबारे छर्लंग पारेका थिए भने एकाउन्टेन्ट नवीन सापकोटाले कर सम्वन्धमा प्रकाश पारेका थिए । थापा र सापकोटाले सहभागीको विभिन्न जिज्ञासा समाधान समेत गरे ।
संस्थाका अध्यक्ष विजय थापाले संस्थाका गतिविधिबारे चर्चा गरे । संस्थाका सदस्य तथा विजनेश प्रमोशन कोअर्डिनेटर कमल भण्डारीले नेपाली रेष्टुरेन्ट व्यवसायीहरुको संयुक्त प्रयासमा बजारमा नयां गोल्डेन एभरेष्ट वियर आइसकेको जानकारी दिंदै भविष्यमा रेष्टुरेन्टलाई चाहिने अन्य उत्पादनहरु समेत आफैंले आपूर्ति गर्नेबारे पहल भइरहेको जनाए ।
उक्त अवसरमा संस्थापक उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा संस्थाका सदस्य राजु मानन्धरको अल्पायुमै निधन भएकामा शोक प्रकट गर्दै मौनधारण गरिएको थियो ।
महासचिव किशोर सापकोटाले सञ्चालन गरेको कार्यक्रममा एसोसिएसनले
अर्को महिना ह्युमन रिसोर्स, फुड एण्ड हाइजिन र हेल्थ एण्ड सेफ्टीबारे सेमिनार गर्ने निर्णय गरेको छ । कार्यक्रममा सहभागी व्यवसायीले बेलायतस्थित नेपाली रेष्टुरेन्टहरुले नेपालको पर्यटन प्रबर्धन गरिरहेको स्मरण गर्दै यसलाई अझ प्रभावकारी बनाउनेमा समेत छलफल गरेका थिए ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने