
लन्डन । सन् २००९ मेमा आवासीय अधिकार पाएपछि हजारौं भूपू गोर्खा बेलायत आए । तर, अंग्रेजी भाषामा दख्खल नहुंदा ति वृद्धवृद्धाको जीवन कष्टकर बन्यो । बाटो काट्ने देखि बस चढ्न र जिपी सम्म गएर आफ्नो स्वास्थ्य समस्या भन्न पनि असमर्थ । अहिले परिस्थिति अलिक बदलिएको छ । स्थानीय संघसंसथाको सहयोगमा उनीहरुलाई अंग्रेजी भाषा सिकाउने क्रम बढेपछि वृद्धवृद्धाको बेलायत बसाइ सहज बन्दै गएको ठानिन्छ ।
त्यस्तै एउटा उदाहरणीय काम गरेको छ मेडस्टोन नेपाली समाजले । मेडस्टोन नेपाली समाजको सहकार्यमा केन्ट एडल्ट एजुकेसन सेन्टरले संचालन गरेको निशुल्क इसोल कक्षाको पहिलो फेज सम्पन्न भएको छ। अंग्रेजी भाषा सिक्न इच्छुक करिब ४० नेपाली समाजका सदस्यहरुले (विशेषगरि भूपू गोर्खा वृद्धवृद्धा तथा दिदी बहिनी) यस आधारभूत अंग्रेजी भाषा शिक्षण कार्यक्रमबाट फाइदा लिएका छन्।
स्किल प्लस सेन्टर मेडस्टोनमा हालै आयोजित प्रमाण-पत्र वितरण कार्यक्रममा मेडस्टोन नेपाली समाजका अध्यक्ष रि. मे. धनबहादुर चन्दले इसोल कक्षामा सक्रिय सहभागी सबैलाई प्रमाण-पत्र हस्तान्तरण गरे। कार्यक्रममा एडल्ट एजुकेसन सेन्टरका बिजनेस म्यानेजर सुजाना हर्नानडेज साथै मेडस्टोन नेपाली सामाजका पी. आर भिष्म गुरुङ, भेटरान रेप गणेश गुरुङ पनि उपस्थित थिए ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]