
लन्डन । सन् २००९ मेमा आवासीय अधिकार पाएपछि हजारौं भूपू गोर्खा बेलायत आए । तर, अंग्रेजी भाषामा दख्खल नहुंदा ति वृद्धवृद्धाको जीवन कष्टकर बन्यो । बाटो काट्ने देखि बस चढ्न र जिपी सम्म गएर आफ्नो स्वास्थ्य समस्या भन्न पनि असमर्थ । अहिले परिस्थिति अलिक बदलिएको छ । स्थानीय संघसंसथाको सहयोगमा उनीहरुलाई अंग्रेजी भाषा सिकाउने क्रम बढेपछि वृद्धवृद्धाको बेलायत बसाइ सहज बन्दै गएको ठानिन्छ ।
त्यस्तै एउटा उदाहरणीय काम गरेको छ मेडस्टोन नेपाली समाजले । मेडस्टोन नेपाली समाजको सहकार्यमा केन्ट एडल्ट एजुकेसन सेन्टरले संचालन गरेको निशुल्क इसोल कक्षाको पहिलो फेज सम्पन्न भएको छ। अंग्रेजी भाषा सिक्न इच्छुक करिब ४० नेपाली समाजका सदस्यहरुले (विशेषगरि भूपू गोर्खा वृद्धवृद्धा तथा दिदी बहिनी) यस आधारभूत अंग्रेजी भाषा शिक्षण कार्यक्रमबाट फाइदा लिएका छन्।
स्किल प्लस सेन्टर मेडस्टोनमा हालै आयोजित प्रमाण-पत्र वितरण कार्यक्रममा मेडस्टोन नेपाली समाजका अध्यक्ष रि. मे. धनबहादुर चन्दले इसोल कक्षामा सक्रिय सहभागी सबैलाई प्रमाण-पत्र हस्तान्तरण गरे। कार्यक्रममा एडल्ट एजुकेसन सेन्टरका बिजनेस म्यानेजर सुजाना हर्नानडेज साथै मेडस्टोन नेपाली सामाजका पी. आर भिष्म गुरुङ, भेटरान रेप गणेश गुरुङ पनि उपस्थित थिए ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार