लन्डन । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) ले बेलायत राष्ट्रिय समितिलाई विशेष साधारणसभा गर्न मिति तोकेको छ । आइसीसी महासचिव कुमार पन्तले एनआरएनए यूके महासचिव योगकुमार फगामीको नाममा २६ जनवरीमा इमेल प्रेषित गर्दै आगामी ८ फेब्रुअरी देखि २२ फेब्रुअरीसम्म नबढाई विशेष साधारणसभाको प्रवन्ध गर्न निर्देशन दिएका हुन् ।
छानवीन समितिको प्रतिवेदनपछि गत १० जनवरी, २०१५ का दिन बसेको आइसीसीको ४४ औं बैठकले एनआरएनए यूके विवाद मिलाउने सिलसिलामा महेन्द्र कंडेलले बुझाउन बांकी तीन हजार सदस्यता फाराम, आफ्नो उम्मेदवारी शुल्क एकहजार पाउण्ड र अन्य उम्मेदवारहरुको शुल्क समेत एनआरएनए यूके संरक्षक परिषद समक्ष दुई साताभित्र हस्तान्तरण गर्न निर्देशन दिएको थियो ।
कंडेलले उक्त समयसिमाभित्र एनआरएनए यूके संरक्षक सूर्य गुरुङसमक्ष बुझाएका थिए । पन्तले इमेलमा कंडेलले आइसीसी बैठकको निर्देशन पालना गर्दै समयसीमाभित्रै सदस्यता फाराम र शुल्क बुझाएको जानकारी प्राप्त भएपछि विशेष साधारणसभा गर्न निर्देशन दिएका हुन् । इमेल आइसीसी सल्लाहकारहरु विश्वआदर्श पण्डित, मेजर रि. डमर घले, डा. हेमराज शर्मा, एनआरएनए यूके प्रमुख संरक्षक प्रा. डा. सूर्य सुवेदी, एनआरएनए यूके संरक्षकहरु सूर्य गुरुङ, कुल आचार्य, महन्त श्रेष्ठ र महेन्द्र कंडेललाई पनि बोधार्थ पठाइएको छ ।

उक्त विशेष साधारणसभा कंडेललाई एनआरएनए यूके अध्यक्षका रुपमा नेतृत्व हस्तान्तरणसहित तीन मुख्य एजेण्डा (हेर्नुस् पन्तको इमेल) मा केन्द्रित हुनेछ ।
साधारणसभालाई आइसीसीबाट समेत पर्यवेक्षण हुने जनाइएको छ । उक्त सभालाई आइसीसी महासचिवको नेतृत्वमा युरोप क्षेत्रीय संयोजक, उपसंयोजकलगायतको समूहले पर्यवेक्षण गर्ने अपेक्षा छ । आइसीसीले साधारणसभाको सफलताको अग्रिम शुभकामना समेत दिएको छ ।
यता, फगामीले छोटो समयभित्र विशेष साधारणसभा गर्न निर्देशन आएकाले सबैबाट सहयोगको अपेक्षा गर्दै स्थान र अन्य विवरण पछि सार्वजनिक गरिने जनाएका छन् ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी