एनआरएनए आइसीसीले तोक्यो विशेष साधारणसभा मिति

लन्डन । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) ले बेलायत राष्ट्रिय समितिलाई विशेष साधारणसभा गर्न मिति तोकेको छ । आइसीसी महासचिव कुमार पन्तले एनआरएनए यूके महासचिव योगकुमार फगामीको नाममा २६ जनवरीमा इमेल प्रेषित गर्दै आगामी ८ फेब्रुअरी देखि २२ फेब्रुअरीसम्म नबढाई विशेष साधारणसभाको प्रवन्ध गर्न निर्देशन दिएका हुन् ।

छानवीन समितिको प्रतिवेदनपछि गत १० जनवरी, २०१५ का दिन बसेको आइसीसीको ४४ औं बैठकले एनआरएनए यूके विवाद मिलाउने सिलसिलामा महेन्द्र कंडेलले बुझाउन बांकी तीन हजार सदस्यता फाराम, आफ्नो उम्मेदवारी शुल्क एकहजार पाउण्ड र अन्य उम्मेदवारहरुको शुल्क समेत एनआरएनए यूके संरक्षक परिषद समक्ष दुई साताभित्र हस्तान्तरण गर्न निर्देशन दिएको थियो ।

कंडेलले उक्त समयसिमाभित्र एनआरएनए यूके संरक्षक सूर्य गुरुङसमक्ष बुझाएका थिए । पन्तले इमेलमा कंडेलले आइसीसी बैठकको निर्देशन पालना गर्दै समयसीमाभित्रै सदस्यता फाराम र शुल्क बुझाएको जानकारी प्राप्त भएपछि विशेष साधारणसभा गर्न निर्देशन दिएका हुन् । इमेल आइसीसी सल्लाहकारहरु विश्वआदर्श पण्डित, मेजर रि. डमर घले, डा. हेमराज शर्मा, एनआरएनए यूके प्रमुख संरक्षक प्रा. डा. सूर्य सुवेदी, एनआरएनए यूके संरक्षकहरु सूर्य गुरुङ, कुल आचार्य, महन्त श्रेष्ठ र महेन्द्र कंडेललाई पनि बोधार्थ पठाइएको छ ।

kkkk

साधारणसभाका मुख्य तीन एजेण्डा

 

nrnlogo
उक्त विशेष साधारणसभा कंडेललाई एनआरएनए यूके अध्यक्षका रुपमा नेतृत्व हस्तान्तरणसहित तीन मुख्य एजेण्डा (हेर्नुस् पन्तको इमेल) मा केन्द्रित हुनेछ । 
साधारणसभालाई आइसीसीबाट समेत पर्यवेक्षण हुने जनाइएको छ । उक्त सभालाई आइसीसी महासचिवको नेतृत्वमा युरोप क्षेत्रीय संयोजक, उपसंयोजकलगायतको समूहले पर्यवेक्षण गर्ने अपेक्षा छ । आइसीसीले साधारणसभाको सफलताको अग्रिम शुभकामना समेत दिएको छ ।

यता, फगामीले छोटो समयभित्र विशेष साधारणसभा गर्न निर्देशन आएकाले सबैबाट सहयोगको अपेक्षा गर्दै स्थान र अन्य विवरण पछि सार्वजनिक गरिने जनाएका छन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री