लन्डन । साउथ इष्ट लण्डनको चार्ल्टन निवासी नेपालीहरुको साझा सामुदायिक संस्था चार्ल्टन नेपाली समाजले नव नियुक्त सल्लाहकारहरुको सम्मान गरेको छ । गत आइतवार स्थानीय मेरिडियन स्पोर्ट्स क्लबमा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई अध्यक्ष रोमनाथ पाण्डे तथा कार्यसमिति सदस्य रेखा खरेलले खादा ओढाएर सम्मान गरेका थिए ।
रोमनाथ पाण्डेको अध्यक्ष्यतामा नयां कार्यसमितिको गठन पश्चात खडा गरिएको सल्लाहकार समिति समावेशी बनाइएको छ । उक्त कार्यक्रममा भएको सामाजिक व्यक्तित्वहरुको उपस्थितिले समाजमा नयां उत्साह थपिएको सहभागीहरुले बताएका छन् ।
उपस्थितहरुको चाहनालाई मध्यनजर गर्दै औपचारिक कार्यक्रम छोटो गरी संचालन गरिएको जानकारी कार्यक्रम पश्चात सचिव टी एन रिजालले दिएका छन् । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष रोमनाथ पाण्डेले गरेका थिए । सचिव टी एन रिजालले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष टंक कंडेलले स्वागत मन्तव्य दिएका थिए भने कोषाध्यक्ष कृष्ण खरेलले चालु आय व्यय बिवरण पेश गरे ।
कार्यक्रममा सल्लाहकारहरुको तर्फबाट बोल्दै स्थानीय ब्यवसायी एल एन पाण्डेले सामुदायिक रुपमा समाजको उत्तरदावित्वको चर्चा गरे । त्यसैगरी, संस्थापक अध्यक्ष सुरज केसीले समाजद्वारा संचालित नेपाली भाषा कक्षाको महत्वबारे चर्चा गर्दै यसलाई अझै प्रभावकारी बनाउदै लैजानुपर्ने बताए । त्यस्तै अन्य सल्लाहकारहरु नरेन्द्र कंडेल, टेक जिसी, दिनेश घिमिरे लगायतले आ आफ्ना बिचार राखेका थिए ।
नेपाली भाषा कक्षाका एक स्वयंसेवी शिक्षक उदय लम्सालले कक्षा संचालनका अनुभवहरु सुनाएका थिए। भाषा कक्षाकै स्वयंसेविका मंजु खरेलले अर्का स्वयंसेवक शिक्षक गोकुल भण्डारीको कबिता वाचन गरेकी थिइन् । यसैगरी स्थानीय सामाजिक गतिविधिबारे सबै सहभागीले आपसी छलफल गरेका थिए ।
अन्त्यमा कार्यक्रम समापन गर्दै अध्यक्ष पाण्डेले सल्लाहकार तथा समाजका सदस्यहरुको सुझाव अनुरुप छिट्टै समाजको भावी कार्यक्रम घोषणा गरिने बताए । कार्यक्रममा खानपानको प्रायोजन माउण्टेन भ्यू रेस्टुरेण्टले गरेको थियो ।
व्यावसायिक तथा बौद्दिक नेपाली व्यक्तित्वहरुको बाक्लो बसाई रहेको चार्ल्टनमा चार्ल्टन नेपाली समाजका प्रशंसायोग्य कार्यहरुको चर्चा जताततै हुने गरेको छ । लर्न नेपाली प्रोग्रामको शुरुवातसंगै प्रसिद्दि कमाएको नेपाली भाषा कक्षाको बेलायतका अन्य क्षेत्र र समुदायमा पनि अनुसरण गरिएको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ