लन्डन । यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेशले तेश्रो मिस्टर यूके नेपाल च्याम्यिनसीप यस वर्ष १९ जुलाई २०१५ मा गर्ने निर्णय गरेको छ ।
फेडेरेसनको दोश्रो कार्यसमितिको आइतबार गोर्खा प्यालेस् रेष्टुरेन्ट
फार्नबोरोमा सम्पन्न पहिलो बैठकले उक्त निर्णय गरेको हो । सामुयल कोडी स्पोर्टस् कलेज हल, फार्नबोरोमा अपरान्ह ५ देखि ९ बजेसम्म प्रतियोगिता हुने तय भएको छ ।
बैठकले तीन पटकसम्मका विजेता मिस्टर नेपाल सानु गुरुङलाई नै प्रमुख अतिथिका रुपमा बोलाउने सहमति गरेको छ । प्रत्येक वर्ष बेलायत आएका उनी यसपटक २ मेमा लन्डन आउनेछन् । निष्पक्ष निर्णयका लागि निर्णायकमा यसवर्ष पनि बेलायती नै राखिनेछ ।
बैठकले आवेदन फाराम १९ मेसम्म खुल्ला गर्ने निर्णय गरेको जनाउंदै फेडेरेसनका अध्यक्ष भीम गुरुङले हालसम्म ११ जनाले प्रतियोगिताका लागि नाम दर्ता गराइसकेको जनाए । नेपाली बडी बिल्डर्सलाई अवसर दिन यस्तो प्रतियोगिता गरिएको उनले प्रष्ट्याए । धेरै निवेदन आए अण्डर ४५ र ४५ वर्ष माथि गरि दुई क्याटगोरिजमा प्रतिष्पर्धा गराउने संस्थाको सोच छ ।
मिस्टर यूके नेपाल हुनेले नगद पुरस्कार एकहजार पाउण्ड, मेडल, ट्रफी र सर्टिफिकेट पाउनेछ भने फष्ट रनरअपले पांच सय पाउण्ड नगद, मेडल ट्रफी र सर्टिफिकेट तथा सेकेन्ड रनरअपले तीनसय पाउण्ड नगद, मेडल, ट्रफी र सर्टिफिकेट प्राप्त गर्ने संस्थाले जनाएको छ । प्रतियोगितामा वेष्ट पोजर छनोट समेत गरिनेछ ।
बैठकले च्याम्पियनसीप सफल बनाउन विभिन्न व्यक्तिलाई जिम्मेवारी बांडफांड समेत गरेको छ । उक्त बैठक सुक गुरुङले सञ्चालन गरेका थिए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’