लन्डन । यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेशले तेश्रो मिस्टर यूके नेपाल च्याम्यिनसीप यस वर्ष १९ जुलाई २०१५ मा गर्ने निर्णय गरेको छ ।
फेडेरेसनको दोश्रो कार्यसमितिको आइतबार गोर्खा प्यालेस् रेष्टुरेन्ट
फार्नबोरोमा सम्पन्न पहिलो बैठकले उक्त निर्णय गरेको हो । सामुयल कोडी स्पोर्टस् कलेज हल, फार्नबोरोमा अपरान्ह ५ देखि ९ बजेसम्म प्रतियोगिता हुने तय भएको छ ।
बैठकले तीन पटकसम्मका विजेता मिस्टर नेपाल सानु गुरुङलाई नै प्रमुख अतिथिका रुपमा बोलाउने सहमति गरेको छ । प्रत्येक वर्ष बेलायत आएका उनी यसपटक २ मेमा लन्डन आउनेछन् । निष्पक्ष निर्णयका लागि निर्णायकमा यसवर्ष पनि बेलायती नै राखिनेछ ।
बैठकले आवेदन फाराम १९ मेसम्म खुल्ला गर्ने निर्णय गरेको जनाउंदै फेडेरेसनका अध्यक्ष भीम गुरुङले हालसम्म ११ जनाले प्रतियोगिताका लागि नाम दर्ता गराइसकेको जनाए । नेपाली बडी बिल्डर्सलाई अवसर दिन यस्तो प्रतियोगिता गरिएको उनले प्रष्ट्याए । धेरै निवेदन आए अण्डर ४५ र ४५ वर्ष माथि गरि दुई क्याटगोरिजमा प्रतिष्पर्धा गराउने संस्थाको सोच छ ।
मिस्टर यूके नेपाल हुनेले नगद पुरस्कार एकहजार पाउण्ड, मेडल, ट्रफी र सर्टिफिकेट पाउनेछ भने फष्ट रनरअपले पांच सय पाउण्ड नगद, मेडल ट्रफी र सर्टिफिकेट तथा सेकेन्ड रनरअपले तीनसय पाउण्ड नगद, मेडल, ट्रफी र सर्टिफिकेट प्राप्त गर्ने संस्थाले जनाएको छ । प्रतियोगितामा वेष्ट पोजर छनोट समेत गरिनेछ ।
बैठकले च्याम्पियनसीप सफल बनाउन विभिन्न व्यक्तिलाई जिम्मेवारी बांडफांड समेत गरेको छ । उक्त बैठक सुक गुरुङले सञ्चालन गरेका थिए ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]