लन्डन । तामाङ सामाज यूकेले एक समारोहबीच तामाङ जातीको महान सांस्कृतिक पर्व एवं नयां वर्ष २८५१ लुक सोनाम ल्होछार मनाएको छ । गत २५ तारिख आइतबार सांझ ओकिङ्टन म्यानर हल, स्टोनब्रीजमा भव्य समारोहबीच ल्होछार मनाइएको हो ।
समाजका अध्यक्ष दीपककुमार तामाङ (गोले) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले शुभकामना मन्तव्य दिंदै अनेकतामा एकता नै नेपालको विशेषता रहेको जनाए । उनले भाषा, धर्म, संस्कृति, संस्कार, भेषभुषा नेपाल र नेपालीको पहिचान रहेको समेत उल्लेख गरे । ‘देशमा एकसय भन्दा बढि जातजाती र भाषा छन्, हामीले त्यसमा गर्व गर्नुपर्छ’, क्षेत्रीले थपे, ‘तपाईंहरु भावी पुस्तालाई समेत तामाङ भाषा सिकाउन क्रियाशिल रहनुस् ।’
कार्यक्रममा विशेष अतिथी समाजसेवी ध्रुव केसी, समाजका अध्यक्ष दीपककुमार तामाङ, सल्लाहकार जीत पाख्रिन, तमु समाज यूके आमा समूहकी अध्यक्ष माया गुरुङ लगायतले ल्होछार शुभकामना दिए । तामाङ जातीको ल्होछार भएपनि कार्यक्रममा सबै वर्ग र जातिका प्रतिनिधिहरु उपस्थित थिए । दिउसो लामा गुरुहरुले पूजा आजा गरे भने सांझ सहभागी अतिथीहरुलाई प्रसाद वितरण गरिएको थियो ।
दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा आकर्षण बने लोकगायक मिलन लामा र बेलायतवासी गायिका शर्मिला बर्देवा । गायक लामाले महिना दिन बेलायत बसाइको अन्तिम कार्यक्रम बताउंदै दर्शकलाई झन् मनोरञ्जन दिए । उनको सेलो, झ्याउरे, नयां पुराना गीतमा नाच्नेको कमी रहेन । पाश्र्व गायनकी अब्बल गायिका शर्मिला बर्देवाले पनि नयां पुराना सुमधुर गीत सुनाएर दर्शकलाई मन्त्रमुग्ध पारिन् । यस अलवा स्थानीय गायक गायिकाको गायन र नृत्यले कार्यक्रम रोचक बन्यो ।
कार्यक्रम व्यवस्थापन क्रान्ति योञ्जन र जयमान तामाङले गरेका थिए । समाजकी सचिव क्रान्ति योञ्जनले कार्यक्रम सञ्चालनका क्रममा तामाङ भाषामै स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रममा चांड्स म्यूजिक वोर्ल्डले अबेरसम्म डिजे डान्स्मा सहभागीलाई नचायो । उक्त कार्यक्रमको संयोजक अनिश तामाङ थिए ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’