लन्डन । तामाङ सामाज यूकेले एक समारोहबीच तामाङ जातीको महान सांस्कृतिक पर्व एवं नयां वर्ष २८५१ लुक सोनाम ल्होछार मनाएको छ । गत २५ तारिख आइतबार सांझ ओकिङ्टन म्यानर हल, स्टोनब्रीजमा भव्य समारोहबीच ल्होछार मनाइएको हो ।
समाजका अध्यक्ष दीपककुमार तामाङ (गोले) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले शुभकामना मन्तव्य दिंदै अनेकतामा एकता नै नेपालको विशेषता रहेको जनाए । उनले भाषा, धर्म, संस्कृति, संस्कार, भेषभुषा नेपाल र नेपालीको पहिचान रहेको समेत उल्लेख गरे । ‘देशमा एकसय भन्दा बढि जातजाती र भाषा छन्, हामीले त्यसमा गर्व गर्नुपर्छ’, क्षेत्रीले थपे, ‘तपाईंहरु भावी पुस्तालाई समेत तामाङ भाषा सिकाउन क्रियाशिल रहनुस् ।’
कार्यक्रममा विशेष अतिथी समाजसेवी ध्रुव केसी, समाजका अध्यक्ष दीपककुमार तामाङ, सल्लाहकार जीत पाख्रिन, तमु समाज यूके आमा समूहकी अध्यक्ष माया गुरुङ लगायतले ल्होछार शुभकामना दिए । तामाङ जातीको ल्होछार भएपनि कार्यक्रममा सबै वर्ग र जातिका प्रतिनिधिहरु उपस्थित थिए । दिउसो लामा गुरुहरुले पूजा आजा गरे भने सांझ सहभागी अतिथीहरुलाई प्रसाद वितरण गरिएको थियो ।
दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा आकर्षण बने लोकगायक मिलन लामा र बेलायतवासी गायिका शर्मिला बर्देवा । गायक लामाले महिना दिन बेलायत बसाइको अन्तिम कार्यक्रम बताउंदै दर्शकलाई झन् मनोरञ्जन दिए । उनको सेलो, झ्याउरे, नयां पुराना गीतमा नाच्नेको कमी रहेन । पाश्र्व गायनकी अब्बल गायिका शर्मिला बर्देवाले पनि नयां पुराना सुमधुर गीत सुनाएर दर्शकलाई मन्त्रमुग्ध पारिन् । यस अलवा स्थानीय गायक गायिकाको गायन र नृत्यले कार्यक्रम रोचक बन्यो ।
कार्यक्रम व्यवस्थापन क्रान्ति योञ्जन र जयमान तामाङले गरेका थिए । समाजकी सचिव क्रान्ति योञ्जनले कार्यक्रम सञ्चालनका क्रममा तामाङ भाषामै स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रममा चांड्स म्यूजिक वोर्ल्डले अबेरसम्म डिजे डान्स्मा सहभागीलाई नचायो । उक्त कार्यक्रमको संयोजक अनिश तामाङ थिए ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा