लण्डन । प्रवासी नेपाली मञ्च यूकेको १० औं वार्षिकोत्सव कार्यक्रममा भाग लिन नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा अर्थशास्त्री डा. विजय पौडेल लण्डन आइपुगेका
छन् । उनलाई मञ्चका अध्यक्ष रामशरण सिम्खडा, संस्थापक अध्यक्ष आङकल्जंग लामा, उपाध्यक्ष रवीन्द्र कंडेल, सचिव धन क्षेत्री, सल्लाहकार शुष्मा राई लगायत कार्यकर्ताले हिथ्रो बिमानस्थलमा स्वागत गरेका थिए ।
मञ्चले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
स्थापना दिवसको मुख्य कार्यक्रममा प्रा डा. सूर्य सुबेदीले संघीय लोकतान्त्रिक संविधान – वास्तबिकता र चुनौती, डा. पदम सिम्खडाले संघीयतामा सामाजिक रुपान्तरण – एक अनुभव, डा अच्यूत गौतमले संघीयता – अल्झिएको बिगत, बल्झिदो भबिश्य, विश्वआदर्श पण्डितले समयमै संबिधान – लोकतान्त्रिक शक्तिहरुको अग्नी परिक्षा, कर्ण शाहीले पार्टीहरुको कसौटीमा – एकल पहिचान वा बहुपहिचान र एमाले पोलिटब्यूरो सदस्य डा. पौडेलले नयां नेपाल र लोकतान्त्रिक संबिधान निर्माणमा एमालेको कर्तब्य गन्तब्य कता ? चुक्यौ कहाँ बिषयमा कार्यपत्रहरु प्रस्तुत गर्ने कार्यक्रम छ ।
लण्डनको नर्थहोल्टमा हुने सो कार्यक्रममा संस्थापक अध्यक्ष आङकल्जंग लामा तथा संस्थापक लय प्रसाईलाई सम्मान गरिने अध्यक्ष सिम्खडाले जानकारी दिए । स्थापना दिवसकै अवसर पारेर जनवरी ३० मा रक्तदान, ३१ मा प्रेस मिट तथा बिस्तारित बैठक समेत हुने र सो को सम्पूर्ण तैयारी सम्पन्न भै सकेको उपाध्यक्ष तथा कार्यक्रम संयोजक रवीन्द्र कंडेलले बताए ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी