लन्डन । बेलायतवासी तामाङ जातीले आफ्नो महान पर्व ल्होछार मनाएका छन् । उनीहरुले २८५१ सोनाम ल्होछार (भेडा वर्ग) मनाएका हुन् । सांस्कृतिक पर्व ल्होछार एवं नयां वर्ष गत २१ तारिखका दिन परेपनि कार्यव्यस्तताले सप्ताहन्तमा कार्यक्रम गरिएको हो । तामाङ संस्कृति अनुसार, १२ वटा लोहोमध्ये घोडा वर्षको विदाइ गरि भेडा वर्षको स्वागत गरिएको आयोजक तामाङ सोसाइटी अफ यूकेका पूर्व अध्यक्ष धर्म तामाङले जनाए ।
शनिवार सामुयल कोडी स्पोर्टस् कलेज हलमा सोसाइटी अध्यक्ष धन लामाको अध्यक्षता र दूतावास थर्ड सेक्रेटरी सूर्यबहादुर थापाको प्रमुख आतिथ्यतामा ल्होछार कार्यक्रम सम्पन्न भएको हो । सोसाइटीले बेलायतमा सन् २००६ बाट हरेक साल ल्होछार मनाउंदै आएको छ ।
देउराज तामाङले सञ्चालन गरेको पहिलो चरणको औपचारिक कार्यक्रममा सोसाइटीका अध्यक्ष धन लामाले अतिथीहरुको स्वागत एवं ल्होछारको शुभकामना दिए भने लामा गुरु प्रेम लामाले सोनाम ल्होछारको सांस्कृतिक महत्वबारे बताए । दूतावासका थर्ड सेक्रेटरी थापाले पनि शुभकामना दिए ।
कार्यक्रममा प्रमुख लामा गुरु प्रेम लामा तामाङले सांसेर्गेंम पूजा र आर्शिवाद
दिए ।
उक्त अवसरमा ग्रयाजुएसन, पिएचडी गर्ने तामाङ विद्यार्थीहरुलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपालबाट आएका लोकप्रिय गायक मिलन लामा र स्थानीय गायक मिलन तामाङको गायनमा करिब ६ सय सहभागी धित मरुञ्जेल नाचे । सांस्कृतिक कार्यक्रम सत्य मोक्तान र क्रान्ति योञ्जनले सञ्चालन गरेका थिए । सांस्कृतिक कार्यक्रम संयोजन सचिव मणि तामाङले गरेका हुन् । पेय पदार्थ व्यवस्थापन विमला तामाङ, खाना गंगु लामा र सजावट व्यवस्थापन उपाध्यक्ष प्रताप लामाले गरेका थिए । राफल चिट्ठा सोसाइटीका उपाध्यक्ष प्रताप लामाले सञ्चालन गरेका थिए । ल्होछार कार्यक्रममा बुद्धिष्ट कम्युनिटी सेन्टरका काजी शेर्पा, थकाली सेवा समाज रेशम शेरचन, सुनुवार समाज यूके अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।
उता, तामाङ सामाज यूकेले पनि आज सांझ (२५ तारिख) ओकिङ्टन म्यानर हल, स्टोनब्रीजमा भव्य समारोहबीच ल्होछार मनाउने तयारी गरेको समाजकी सचिव क्रान्ति योञ्जनले जनाएकी छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो