लन्डन । बेलायतवासी तामाङ जातीले आफ्नो महान पर्व ल्होछार मनाएका छन् । उनीहरुले २८५१ सोनाम ल्होछार (भेडा वर्ग) मनाएका हुन् । सांस्कृतिक पर्व ल्होछार एवं नयां वर्ष गत २१ तारिखका दिन परेपनि कार्यव्यस्तताले सप्ताहन्तमा कार्यक्रम गरिएको हो । तामाङ संस्कृति अनुसार, १२ वटा लोहोमध्ये घोडा वर्षको विदाइ गरि भेडा वर्षको स्वागत गरिएको आयोजक तामाङ सोसाइटी अफ यूकेका पूर्व अध्यक्ष धर्म तामाङले जनाए ।
शनिवार सामुयल कोडी स्पोर्टस् कलेज हलमा सोसाइटी अध्यक्ष धन लामाको अध्यक्षता र दूतावास थर्ड सेक्रेटरी सूर्यबहादुर थापाको प्रमुख आतिथ्यतामा ल्होछार कार्यक्रम सम्पन्न भएको हो । सोसाइटीले बेलायतमा सन् २००६ बाट हरेक साल ल्होछार मनाउंदै आएको छ ।
देउराज तामाङले सञ्चालन गरेको पहिलो चरणको औपचारिक कार्यक्रममा सोसाइटीका अध्यक्ष धन लामाले अतिथीहरुको स्वागत एवं ल्होछारको शुभकामना दिए भने लामा गुरु प्रेम लामाले सोनाम ल्होछारको सांस्कृतिक महत्वबारे बताए । दूतावासका थर्ड सेक्रेटरी थापाले पनि शुभकामना दिए ।
कार्यक्रममा प्रमुख लामा गुरु प्रेम लामा तामाङले सांसेर्गेंम पूजा र आर्शिवाद
दिए ।
उक्त अवसरमा ग्रयाजुएसन, पिएचडी गर्ने तामाङ विद्यार्थीहरुलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपालबाट आएका लोकप्रिय गायक मिलन लामा र स्थानीय गायक मिलन तामाङको गायनमा करिब ६ सय सहभागी धित मरुञ्जेल नाचे । सांस्कृतिक कार्यक्रम सत्य मोक्तान र क्रान्ति योञ्जनले सञ्चालन गरेका थिए । सांस्कृतिक कार्यक्रम संयोजन सचिव मणि तामाङले गरेका हुन् । पेय पदार्थ व्यवस्थापन विमला तामाङ, खाना गंगु लामा र सजावट व्यवस्थापन उपाध्यक्ष प्रताप लामाले गरेका थिए । राफल चिट्ठा सोसाइटीका उपाध्यक्ष प्रताप लामाले सञ्चालन गरेका थिए । ल्होछार कार्यक्रममा बुद्धिष्ट कम्युनिटी सेन्टरका काजी शेर्पा, थकाली सेवा समाज रेशम शेरचन, सुनुवार समाज यूके अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।
उता, तामाङ सामाज यूकेले पनि आज सांझ (२५ तारिख) ओकिङ्टन म्यानर हल, स्टोनब्रीजमा भव्य समारोहबीच ल्होछार मनाउने तयारी गरेको समाजकी सचिव क्रान्ति योञ्जनले जनाएकी छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’