लण्डन । ब्रिगेड अफ गोरखाज हेडक्वार्टरको टोलीले बेलायती संसदको भ्रमण गरेको छ ।
सर्वदलीय सैन्यसम्बन्धी संसदीय समूहका संस्थापक तथा अध्यक्ष सांसद जेम्स ग्रेको निमन्त्रणामा उनीहरु मंगलबार संसद अवलोकनका लागि गएका थिए ।
गोरखा ब्रिगेड एसोसिएसनको अनुसार १५ सदस्सीय सो टोलीलाई बेलायती संसदमा पथप्रदर्शकहरुले घुमाएका थिए । सांसदहरु जेम्स ग्रे र रविन वाल्कर तथा संयुक्त राष्ट्रसंघका पूर्व बोस्निया कमाण्डर कर्णेल रोवर्ट अलेक्जाण्डर स्टुवार्टसित ब्रिगेड अफ गोरखाजको टोलीले विभिन्न विषयमा छलफल पनि गरेको थियो ।
कर्णेल जेम्स रोबिन्सनको नेतृत्वको टोलीलाई इम्पेरियल वार म्युजिम पनि घुमाइएको थियो ।
सबै तस्वीरहरु ः गोरखा ब्रिगेड एसाेसिएसन
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]