लण्डन । नेकपा एमालेको प्रवासस्थित भातृ संगठन प्रवासी नेपाली मंचले तत्काल संविधान जारी गर्न र संविधानसभाको तोडफोडका बारेमा छानविन गर्न माग गरेको छ ।
मंचले लण्डनस्थित नेपाली दुताबासमार्फत संविधानसभाका अध्यक्षलाई सम्बोधन गरी आज एक ज्ञापनपत्र पेश गर्दै संविधानसभामा एनेकपा (माओबादी) सम्वद्द मोर्चाले देखाएको व्यवहारले सारा नेपालीको शिर निहुराएको बताएको छ ।
ज्ञापन पत्रमा एमाओबादी सम्वद्द मोर्चाको व्यवहारले तोकिएको समयमा संविधान आउन नसकेको ठहर गर्दै संविधानसभामा सबैभन्दा धेरै दल र सभासदलाई समेटी संविधान निर्माण गर्नमा लाग्न मातृ पार्टी नेकपा एमालेलाई अनुरोध गरिएको छ ।
यसैगरी संविधानसभाको बैठकमा विपक्षीहरुले गरेको विरोध प्रदर्शनलाई असभ्य र जंगली भन्दै मंचले एमाओबादीलाई नेकपा एमालेको सहनशीलता र सहमतिका लागि गरेको प्रयासलाई कमजोरी नठान्न चेतावनी दिइएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विद्या भण्डारीमाथि संविधानसभामा भएको आक्रमणको ज्ञापन पत्रमा घोर भत्सर्ना गरिएको छ । साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन संविधानसभामा सुरक्षा व्यवस्था कडा पार्न पनि माग गरिएको छ ।
पहिचानका आधार भन्दै आपसी सद्भाव र सहिष्णुता बिथोल्ने अधिकार कसैलाई नभएको पनि ज्ञापन पत्रमा स्मरण गराइएको छ । यसैगरी जातियताका बारेमा चट्टानी अडान लिएको भन्दै आफ्नै मातृ पार्टीको प्रशंसा पनि ज्ञापन पत्रमा गरिएको छ ।
ज्ञापनपत्रमा प्रवासी नेपाली मंच युकेका अध्यक्ष रामशरण सिंखडा लगायत अन्य २० वटा विभिन्न मुलुकमा गठित मंचका अध्यक्षहरुको नाम छ ।
ज्ञापन पत्रको बोधार्थ प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा (माओबादी) र मधेसी मोर्चालाई दिइएको छ । ज्ञापन पत्रमा एमाओबादीको ठेगाना बुद्दनगर काठमाडौं लेखिए पनि एमाओबादीले पेरिसडाँडा कोटेश्वरमा आफ्नै घर किनेको निकै वर्ष भइसकेको छ । बुद्दनगरमा भने वैद्य माओबादीको कार्यालय छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ