लण्डन । नेकपा एमालेको प्रवासस्थित भातृ संगठन प्रवासी नेपाली मंचले तत्काल संविधान जारी गर्न र संविधानसभाको तोडफोडका बारेमा छानविन गर्न माग गरेको छ ।
मंचले लण्डनस्थित नेपाली दुताबासमार्फत संविधानसभाका अध्यक्षलाई सम्बोधन गरी आज एक ज्ञापनपत्र पेश गर्दै संविधानसभामा एनेकपा (माओबादी) सम्वद्द मोर्चाले देखाएको व्यवहारले सारा नेपालीको शिर निहुराएको बताएको छ ।
ज्ञापन पत्रमा एमाओबादी सम्वद्द मोर्चाको व्यवहारले तोकिएको समयमा संविधान आउन नसकेको ठहर गर्दै संविधानसभामा सबैभन्दा धेरै दल र सभासदलाई समेटी संविधान निर्माण गर्नमा लाग्न मातृ पार्टी नेकपा एमालेलाई अनुरोध गरिएको छ ।
यसैगरी संविधानसभाको बैठकमा विपक्षीहरुले गरेको विरोध प्रदर्शनलाई असभ्य र जंगली भन्दै मंचले एमाओबादीलाई नेकपा एमालेको सहनशीलता र सहमतिका लागि गरेको प्रयासलाई कमजोरी नठान्न चेतावनी दिइएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विद्या भण्डारीमाथि संविधानसभामा भएको आक्रमणको ज्ञापन पत्रमा घोर भत्सर्ना गरिएको छ । साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन संविधानसभामा सुरक्षा व्यवस्था कडा पार्न पनि माग गरिएको छ ।
पहिचानका आधार भन्दै आपसी सद्भाव र सहिष्णुता बिथोल्ने अधिकार कसैलाई नभएको पनि ज्ञापन पत्रमा स्मरण गराइएको छ । यसैगरी जातियताका बारेमा चट्टानी अडान लिएको भन्दै आफ्नै मातृ पार्टीको प्रशंसा पनि ज्ञापन पत्रमा गरिएको छ ।
ज्ञापनपत्रमा प्रवासी नेपाली मंच युकेका अध्यक्ष रामशरण सिंखडा लगायत अन्य २० वटा विभिन्न मुलुकमा गठित मंचका अध्यक्षहरुको नाम छ ।
ज्ञापन पत्रको बोधार्थ प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, एनेकपा (माओबादी) र मधेसी मोर्चालाई दिइएको छ । ज्ञापन पत्रमा एमाओबादीको ठेगाना बुद्दनगर काठमाडौं लेखिए पनि एमाओबादीले पेरिसडाँडा कोटेश्वरमा आफ्नै घर किनेको निकै वर्ष भइसकेको छ । बुद्दनगरमा भने वैद्य माओबादीको कार्यालय छ ।
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने