
लण्डन । गैर आवासीय नेपाली संघ युकेले तेक्वान्दोको कमनवेल्थस्तरीय गेममा स्वर्ण पदक विजेता सियना लिङदेन लिम्बुलाई सम्मान गरेको छ ।
साउथ ह्यारोस्थित गोल्डेन सिप रेस्टुरेण्टमा आयोजना गरिएको सम्मान कार्यक्रममा एनअारएनए युकेका अध्यक्ष महेन्द्र कंडेल र सचिव अर्जुन कटवालले खादा लगाएर लिम्बुलाई सम्मान गरे ।
एनअारएनए युकेका महासचिव आर. के. त्रिपाठी सानो उमेरमा नै नेपाल तथा बेलायतको नाम उच्च राख्न सफल भएकोमा सियनाको सम्मान गरिएको बताए ।
कार्यक्रममा एनअारएनए अाइसिसीको निर्णय सकारात्मक भएको र विशेष साधारण सभाले अनुमोदन गर्ने भने पनि पद हस्तान्तरण र बुझबुझारथमा सबैपक्ष एकजुट भएर लाग्न पर्नेमा जोड दिइएको थियो ।
एनअारएनए युकेका सदस्य ललित नेउपानेले कार्यक्रममा स्वागत मन्तब्य दिएका थिए भने नेपाल बिद्यार्थी संघ यूकेका का. बा. सभापति कुश बस्नेतले खेलकूदको विकासमा नेपालीहरुले बेलायतमा गरेको प्रगति सराहनिय भएको बताए ।
अन्तर्रास्ट्रिय तेक्वान्दो नेपाली महासंघको तर्फबाट डा. एन जे गुरुंग (ग्रान्ड मास्टर) ले खेलकूदको महत्वमाथि प्रकाश पारेका थिए । यति नेपाली एसोसिएशनका सभापति उमेश मोक्तानले नेपाली छोरीले नेपाल र बेलायतको नाम राखेको बताएका थिए ।
कार्यक्रममा केशब पुडासैनी र सनत गुरुंगले पनि सम्बोधन गरेका थिए ।
एनअारएनए युकेका उपाध्यक्ष सूर्य नेम्वाङ्ले धन्यबाद दिंदै एनअारएन युकेको समस्या छिट्टै नै समाधान हुने अाश्वासन दिए ।
कार्यक्रममा हरि गुरुंग, राजकुमार चौलागाइँ, जीवन सेन, जीवन अधिकारी, मणिशंकर सुनुवार, थान लिम्बु, जयंत थापा र तेक्वान्दोका प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।
एनअारएनए युकेका कोषाध्यक्ष ठाकुर शर्मा र अध्यक्ष महेन्द्र कंडेलले सयुक्त रूपमा सियनालाई आर्थिक उपहार पनि हस्तान्तरण गरे ।
कार्यक्रममा अध्यक्ष कंडेलले सियना लिम्बुको उत्तरोत्तर प्रगतिको कामना गर्दै अामा बुबालाई समेत बधाई दिएका थिए । एनअारएनए युकेले युवाहरुलाई प्रोत्साहनका यस्ता कार्यक्रमहरु गर्दै जाने बताउँदै उनले एनअारएनए अाइसिसीले तोकेको समयमा नै फाराम र र उमेद्बारी दस्तूर बुझाउने प्रतिबद्दता ब्यक्त गरे ।
उनले विशेष साधारणसभामा सबै प्रक्रिया पुर्याइ कार्यभार हस्तान्तरण हुनेमा बिस्वस्त हुन समेत अनुरोध गरे ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]