लण्डन । संघीय समाजवादी पार्टीको बेलायतस्थित भातृ संगठन संघीय समाज युकेले बीबीसी नेपाली सेवाप्रति खेद व्यक्त गरेको छ ।
समाजको हिजो लण्डनमा सम्पन्न बैठकले बीबीसी नेपाली सेवाले संघीयता विरुद्ध श्रंखलावद्ध ढंगले समाचार सामग्री प्रस्तुत गर्दै आएको भन्दै समाजले खेद प्रस्ताव पारित गरेको छ । साथै बीबीसी विश्व सेवालाई यसबारे लिखितरुपमा विरोधपत्र पनि बुझाउने निर्णय गरेको छ। यसका लागि सचिव मिलनचन्द्र राईलाई संयोजक तोकिएको छ ।
बेलायती रक्षा मन्त्रालयमातहतको बीएफबीएस गोरखा रेडियोबाट प्रसारित सामग्रीका बारेमा पनि बैठकमा गम्भीर छलफल भएको थियो तर बीएफबीएसका बारेमा भने कुनै निर्णय गरिएको छैन ।
यसैगरी नेपालमा पहिचानसहितको संघीय व्यवस्था स्थापना गराउनका लागि समाजले लण्डनस्थित नेपाली राजदुतावास मार्फत राष्ट्रपति र सभामुखलाई ज्ञापनपत्र बुझाउने भएको छ । सो ज्ञापनपत्रको तयारीको ब्यहोरा उपमहासचिव कमल राईले बैठकलाई जानकारी दिएका थिए ।
नेपालमा निर्माणाधिन संविधानमा न्यूनतम मानव अधिकारको समेत ब्यवस्था हुन नसक्ने, स्थायी शान्तिको सट्टा युद्धको शुरुवात हुन लागेको, देशविदेशको लोकप्रिय तथा सर्वस्वीकार्य प्रचलनको आधारमा राज्यको पुनर्संरचना नगरी एकजातिको मात्र हालीमुहाली रहने संरचना निर्माण गर्न लागेकोले नेपालमा अशान्ति शुरु हुने संकेत देखिएको त्यसले छिमेकी मुलुक चीन र भारतलाई पनि असर गर्ने भएकोले लण्डनमा रहेका चीन, भारत, अमेरिका, संयुक्त राष्ट्रसंघको दुतावास र युके सरकारलाई स्मरणपत्र दिने पनि बैठकले निर्णय गरेको छ ।
समाजले रसमूर शाखाको अधिवेशन समन्वयको लागि वरिष्ठ उपाध्यक्ष जंग सुनुवार, आसफोर्ड शाखाको अधिवेशनका लागि केन्द्रीय उपाध्यक्ष राजेन्द्र खिम्दिङलाई र लेसस्टर नटिङहाम क्षेत्रको शाखा निर्माणको लागि प्रवक्ता काङमाङ नरेसलाई जिम्मेवारी तोकेको छ ।
बैठकले पूर्व सचिव किरण टि लिम्बुलाई केन्द्रीय अनुसासन विभाग सदस्यमा मनोनयन गरेको छ भने शिवहरी गुरुङ, मंगलबहादुर गुरुङ र मनशोभा गुरुङको एमाले त्याग गरी पार्टी प्रवेश गरेकोमा स्वागत गरेको थियो ।
यस्तै समाजले सदस्यहरुसंग प्रभावकारी जनसम्पर्कका लागि आफ्नै वेवसाइट पनि संचालन गर्ने भएको छ ।
बैठकको सभापतित्व अध्यक्षता समाजका अध्यक्ष धर्म तामाङले गरेका थिए भने मध्यस्तताको भूमिका महासचिव विश्वासहाँङ खेवाहाँङले गरेका थिए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’